logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • त्रिवि जग्गा प्रकरणमा दोषीमाथि कडा कारबाही गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

    त्रिवि जग्गा प्रकरणमा दोषीमाथि कडा कारबाही गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

    1.5K
    SHARES
    त्रिवि जग्गा प्रकरणमा दोषीमाथि कडा कारबाही गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

    काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको (त्रिवि) जग्गा हिनामिना प्रकरणमा सरकारले कठोर कदम चाल्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार त्रिविको जग्गा विश्वविद्यालयकै नाममा ल्याउनका लागि सरकार प्रतिबद्ध छ।



    प्रधानमन्त्री ओलीले त्रिवि जग्गा तथा सम्पत्ति खोजबिन आयोगको प्रतिवेदन प्राप्त भएको जानकारी दिँदै आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूलाई थप अध्ययन गरी कार्यान्वयन गर्ने बताएका छन्। उनले जग्गा हिनामिनामा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्।

    प्रधानमन्त्री ओलीले भने, “त्रिविको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने छ र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउनेछन्। आयोगले अध्ययन गर्न नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजिने छ।”

    त्रिविको जग्गासम्बन्धी खोजबिनका लागि शारदाप्रसाद त्रितालको नेतृत्वमा गठन भएको आयोगले प्रतिवेदन बुझाएको हो। यसअघि, २०७६ सालमा ललिता निवासको जग्गा खोजबिन गर्न पनि त्रितालकै नेतृत्वमा आयोग गठन गरिएको थियो। ललिता निवासको जग्गा अहिले सरकारको नाममा ल्याउन मुद्दा प्रक्रिया चलिरहेको प्रधानमन्त्रीले जानकारी दिएका छन्।


    अर्थ चाैतारी
  • बुधबार, ३ पुस २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट