logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

    स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

    936
    SHARES
    स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

    काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना जारी गर्दै आवेदन आह्वान गरेको हो ।



    स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २० बमोजिम स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट छनोट गरी ऐनको दफा २२ बमोजिम नियुक्ति गर्नुपर्ने भएकोले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०८१ को दफा ५ को उपदफा (१) बमोजिम दरखास्त आव्हान भएको हो ।

    योग्यता पुगेका उम्मेदवारले तपसिल बमोजिमको आवश्यक विवरण संलग्न गरी दश दिन भित्र यस मन्त्रालयमा दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ । सरकारी निकाय वा संस्थागत सेवारत आवेदकको हकमा दरखास्तसाथ सेवारत निकायबाट स्वीकृति प्रदान गरिएको पूर्वस्वीकृति अनिवार्य पेस गर्नुपर्ने सर्त राखिएको छ ।

    bima


    अर्थ चाैतारी
  • विहिबार, २४ माघ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट