logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • रायन इनर्जीको आईपीओ जारी गर्ने योजना, ग्लोबल आईएमई क्यापिटलसँग गर्‍यो सम्झाैता

    रायन इनर्जीको आईपीओ जारी गर्ने योजना, ग्लोबल आईएमई क्यापिटलसँग गर्‍यो सम्झाैता

    1K
    SHARES
    रायन इनर्जीको आईपीओ जारी गर्ने योजना, ग्लोबल आईएमई क्यापिटलसँग गर्‍यो सम्झाैता

    काठमाण्डौ । रायन इनर्जी र ग्लोबल आईएमई क्यापिटलबीच सम्झाैता भएकाे छ । रायन इनर्जीले आर्थिक वर्ष २०८२/८३ मा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशन गर्न लागेको हुँदा संस्थागत परामर्श तथा व्यावसायिक अवधारणा र आईपीओ सम्बन्धी सेवाको लागि ग्लोबल आइएमई क्यापिटलसँग सम्झौता गरेको हाे ।



    राजधानीमा आयोजित एक विशेष कार्यक्रममा रायन इनर्जीको तर्फबाट प्रबन्ध सञ्चालक दीपककुमार रौनियार र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) मन्दिप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

    रायन इनर्जी दुई, तीन तथा चार पाङ्ग्रे विद्युतीय सवारीसाधनहरुको संयोजन तथा उन्नत ब्याट्री स्वाप मेकानिजम र सञ्चालन प्रणाली एकीकृत गर्ने तथा नेपालको यातायात क्षेत्रमा दिगो भविष्य निर्माण गर्ने उद्देश्यले स्थापित भएकाे थियाे ।

    यस कम्पनीले २०७८ सालदेखि उद्योग, पर्यटन तथा वन मन्त्रालयबाट विभिन्न प्रकारका इलेक्ट्रिक साधनहरू (दुई, तीन र चार पाङ्ग्रे) उत्पादन गर्नको निमित्त अनुमति प्राप्त गरी कार्य सञ्चालन गरेको हो । यो संस्था विभिन्न क्षेत्रमा अनुभवी तथा नवीकरणीय ऊर्जा क्षेत्रमा ३० वर्षभन्दा बढी समयदेखि काम गर्दै आएका सक्रिय व्यवसायीहरुको समूहद्वारा स्थापित व्यावसायीक संस्था हो ।

    यस समूहले एसेम्बली प्लान्ट, नवीकरणीय ऊर्जा प्रणाली एकीकरण र वितरण, ग्रामीण तथा सहरी विद्युतीकरणको साथै सौर्य सिँचाइ, पावर ब्याकअप प्रणाली एकीकरण तथा स्थापनालगायतका विभिन्न व्यावसायीक क्षेत्रमा विशेषज्ञता हासिल गरेको छ । यसले हालको बजार अवस्थाको गहिरो विश्लेषण गर्दै नेपालमा दिगो तथा स्वच्छ यातायात प्रणाली विकासमा अग्रणी स्थान हासिल गर्न सक्ने विश्वास लिएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २९ माघ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट