logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • १० वर्षमा ६ लाख ३९ हजारभन्दा बढी नेपाली पढ्नका लागि विदेश गए

    १० वर्षमा ६ लाख ३९ हजारभन्दा बढी नेपाली पढ्नका लागि विदेश गए

    1K
    SHARES
    १० वर्षमा ६ लाख ३९ हजारभन्दा बढी नेपाली पढ्नका लागि विदेश गए

    काठमाण्डौ । पछिल्लो १० वर्षमा ६ लाख ३९ हजारभन्दा बढी विद्यार्थी विदेशमा पढ्नका लागि गएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७१/०७२ देखि २०८०/०८१ सम्ममा ६ लाख ३९ हजार १४८ वटा एनओसी जारी भएका छन् ।



    पछिल्ला तीन वर्षमा भने एक लाख भन्दा बढीको हाराहारीमा एनओसी जारी भएका छन् । विगतका वर्षहरूमा २८ हजारदेखि ६३ हजारको हाराहारीमा एनओसीहरू जारी हुने गरेका थिए । तर, आर्थिक वर्ष २०७८/०७९ देखि २०८०/०८१ मा भने हरेक वर्ष एक लाख बढीले विदेशमा अध्ययन गर्न जान एनओसी लिएको देखिन्छ ।

    आर्थिक वर्ष २०७७/०७८ मा २८ हजार ८८३ जनाले एनओसी लिकमा थिए । त्यसपछि आर्थिक वर्ष २०७८/०७९ मा एक लाख १२ हजार ९६८ जनाले एनओसी लिएका थिए । त्यस्तै आर्थिक वर्ष २०७९/८० मा एक लाख १० हजार २१७ जनाले र गत आर्थिक वर्षमा एक लाख १२ हजार ९६८ जनाले एनओसी लिएका हुन् ।

    Capture44


    अर्थ चाैतारी
  • आइतबार, ४ फागुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट