नेपाल ज्योति-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री एवं नेकपाका नेता गोकुल बाँस्कोटाको वयान स-सम्मान लिएको छ । भ्रष्टाचारीलाई नियन्त्रणमा लिएर वयान लिई मुद्दा चलाउँदै आएको अख्तियार यसपालि भने भ्रष्टाचार आरोपीसँग डराई डराई वयान लिएको हो ।
एकातिर ओलीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको भनेर गफ ठोक्दै हिँडिरहेका छन् भने अर्कोतिर भ्रष्टाचार आरोपीलाई आफ्नै घरमा राखेर जोगाउन खोजिरहेका छन् । ओली राजमा भ्रष्टाचारसम्बन्धी काण्ड त कति भए कति । तर उनी सुशासनको गफ ठोक्दै हिँडिरहेका छन् ।
अख्तियारका एक अधिकारीका अनुसार प्रधानमन्त्री ओली रिसाउने डरमा घरमै गएर स सम्मान वयान लिइएको हो । आयोगका तत्कालिन अनुसन्धान अधिकृत प्रवीण पोखरेलसहितको टोली बालकोट पुगेर महिना दिनअघि वयान लिएको ती अधिकारीले जानकारी दिए । वयानका क्रममा बाँस्कोटाले अख्तियारका अधिकारीलाई हप्की दप्की देखाएका थिए ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times