logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • सन्दीप लामिछाने होबार्ट हरिकेन्समा अनुबन्ध

    सन्दीप लामिछाने होबार्ट हरिकेन्समा अनुबन्ध

    • GP Paudel
    • बिहिबार, ४ मंसिर २०७७
    1.8K
    SHARES
    सन्दीप लामिछाने होबार्ट हरिकेन्समा अनुबन्ध

    नेपाल ज्योति-नेपाली लेग स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियामा हुने बिग बास क्रिकेटमा होबार्ट हरिकेन्समा अनुबन्ध भएका छन्।



    मेलवर्नसँगको सम्झौता सकिएपछि कुनै फ्रेन्चाइजिमा नरहेका उनलाई हरिकेन्सले सम्झौता गरेको हो। सन्दीपको सम्झौतासँगै हेरिकेन्सको टोलीले पनि पूर्णता पाएको छ।

    ‘नयाँ सिजनमा हेरिकेन्सबाट बिगबासमा जोडिन पाँदा निकै नै खुसी लागेको छ,’ नयाँ टोलीमा पुगेका सन्दीपले भने, ‘अष्ट्रेलियाबाट सधै मैले माया र समर्थन पाएको छु। यो सिजन खेल्नको लागि म निकै नै उत्साहित छु।’

    हेरिकेन्सका प्रशिक्षक एडम ग्रिफिथले सन्दीपले आफ्नो टोलीको बलिङ आक्रमणमा नयाँ आयाम ल्याउने बताए। उनले भने, सन्दीपले आफ्नो रहस्यमयी स्पिनका साथमा खेल परिवर्तन गर्न सक्छन्। जुनसुकै इनिङ्समा खेल्न सक्ने भएकाले सन्दीप सिद्ध विकेट टेकर पनि हुन्।’

    गत दुई सिजनमा सन्दीपको बलिङ कौशललाई नियाली रहेको जनाउँदै हेरिकेन्सले यो सिजन पनि मैदानमा त्यो भन्दा राम्रो खेल देख्न पाउनेमा आशा व्यक्त गरे।

    सन् २०१८ मा बिगबास लिगमा डेब्यु गरेका सन्दीपले दुई सिजन मेलवर्न स्टार्समा बिताएका थिए। बिगबासमा कुल २० खेल खेलेका सन्दीपले १९.८० को एभेरजमा २६ विकेट झारेका थिए।


    GP Paudel
  • बिहिबार, ४ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved