logo

२०८१ चैत्र १० सोमबार

logo
  • सोमबार, १० चैत्र २०८१
  • केपी ओलीबाट गणतन्त्र सखाप पार्ने खेल भयो : पौडेल

    केपी ओलीबाट गणतन्त्र सखाप पार्ने खेल भयो : पौडेल

    • GP Paudel
    • आइतबार, २१ मंसिर २०७७
    2.4K
    SHARES
    केपी ओलीबाट गणतन्त्र सखाप पार्ने खेल भयो : पौडेल

    नेपाल ज्योति-
    नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहासकै असफल प्रधानमन्त्री भएकाले पदमा बस्ने नैतिक आधार समाप्त भएको बताएका छन्।

    उनले ओलीमाथि राजनीतिक प्रणालीलाई नै खतरामा पारेको आरोप लगाए। सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै राजनीतिक दल र राजनीतिक प्रणालीप्रति नै वितृष्णा जगाउने भूमिका खेलेको टिप्पणी गरे।

    शनिबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा गरेको साक्षात्कारमा नेता पौडेलले वाइडबडी र प्रिन्टिङ प्रेस खरिद जस्ता अरबौं घोटाला भएका भ्रष्टाचारको खुलासा भइसकेको बताए। ‘ओलीजी प्रधानमन्त्रीको कुर्सीमा बस्न योग्य हुनुहुन्न,’ पौडेलले भने, ‘सरकार असफल भइसकेको छ, शाही शासन र ओली शासनमा अन्तर भएन।’

    प्रधानमन्त्री ओली विगतमा नै गणतन्त्र विरोधी भएको भन्दै अहिले राजावादीहरुको सक्रियताप्रति आशंका गर्नुपर्ने बेला आएको बताए। ओलीले गणतन्त्र र संघीयतालाई सखाप पार्ने खेल खेलेको आरोप लगाए। उनले भने, ‘हामी गणतन्त्रका लागि सडक संघर्ष गरिरहँदा ओलीजी बयलगाडा चढेर अमेरिका पुगिँदैन भन्दै गणतन्त्रको नाराको उपहास गर्दै हुनुहुन्थ्यो, त्यसैले उहाँ गणतन्त्र नै सखाप पार्न लाग्नुभएको छ।’

    अहिले राजा ल्याउनुपर्छ भनी सडकमा आवाज उठ्नुको जिम्मेवार ओली नै भएको आरोप लगाए ।


    GP Paudel
  • आइतबार, २१ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved