logo

२०८१ फाल्गुन २ शुक्रबार

logo
  • शुक्रबार, २ फाल्गुन २०८१
  • पुरानो व्यवस्था अब फर्किदैन- पर्यटनमन्त्री भट्टराई

    पुरानो व्यवस्था अब फर्किदैन- पर्यटनमन्त्री भट्टराई

    • GP Paudel
    • सोमबार, २९ मंसिर २०७७
    2.6K
    SHARES
    पुरानो व्यवस्था अब फर्किदैन- पर्यटनमन्त्री भट्टराई

    २९ मंसिर-संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संघीय गणतन्त्रको अभ्यासलाई मजबुद बनाउदै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन ।

    नेपाल प्रज्ञा–प्रतिष्ठानको ६३ औं वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०७७ को सोमबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री भट्टराईले नेपालको संघीय गणतन्त्रको अभ्यास पुरानो नभएपनि नेपालीहरु परिपक्व देखिएको भन्दै यसलाई मजबुद बनाउदै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका हुन ।

    अहिले सडकमा बिभिन्न किसिमका आवाज उठेको र सरकारले यसलाई सकारात्मक रुपमा लिने भन्दै उनले नेपाल अब पुरानो व्यवस्था भने फर्कन नसक्ने बताए ।

    नेपालको संविधानकै कारण स्वतन्त्र रुपमा नागरिकहरुले आफ्नो आवाज खुल्ला रुपमा राख्न सकेको उनको भनाई छ ।

    त्यस्तै मन्त्री भट्टराईले साहित्य र कलाको माध्यमबाट देशको एकतालाई मजबुद बनाउन सकिने बताए ।

    प्रज्ञा–प्रतिष्ठानका वार्षिकोत्सव अवसरमा बिभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । प्रतिष्ठानले हरेक बर्ष बार्षित्कोत्सवका अवसरमा राष्ट्रिय कविता महोत्सव गर्दै आएको छ ।


    GP Paudel
  • सोमबार, २९ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट