काठमाडौँ । नेप्सेमा सोमबार सेयर बजारका सबै सूचक घटेका छन् । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४३.१० अंकले घटेको छ । सो अंकको कमीसँगै नेीसे २६१० मा अडिएको छ । कारोबार रकममा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन ३ अर्ब २७ करोडको कारोबार भएकोमा सोमबार ३ अर्ब ६६ करोडको भयो ।
परिसूचक मात्रै नभई सबै उपसमूहका सूचक राताम्मे भएका छन् । बैंकिङ १५, विकास बैंक ७३, फाइनान्स ४६, होटल तथा पर्यटन २४, जलविद्युत् १०२, जीवन बीमा २९५, उत्पादन १२९, माइक्रोफाइनान्स ६२, निर्जीवन बीमा २६८, अन्य ३५ र ब्यापार उपसमूह ८२ अंकले घटे ।
कुल १८३ कम्पनीको मूल्य घट्दा ७ को बढ्यो भने एउटा स्थिर रह्यो । बढेकाको वृद्धिदर पनि २ प्रतिशतमुनि रह्यो । अपी पावर, अरुणभ्याली हाइड्रोपावर, हिमालयन डिस्टिलरी, माथिल्लो तामाकोसी र नेसनल हाइड्रोपावर कारोबारका आधारमा क्रमशस् अगाडि रहे ।