logo

२०८२ चैत्र ३, मंगलबार

logo
  • २०८२ चैत्र ३, मंगलबार
  • प्रेमबहादुर सिंहलाई देखाउँदै ओलीले भने– यार्सागुम्बा खाएको मान्छे यस्तै हुन्छ

    प्रेमबहादुर सिंहलाई देखाउँदै ओलीले भने– यार्सागुम्बा खाएको मान्छे यस्तै हुन्छ

    8.6K
    SHARES
    प्रेमबहादुर सिंहलाई देखाउँदै ओलीले भने– यार्सागुम्बा खाएको मान्छे यस्तै हुन्छ

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभरि नेकपा एमालेमा प्रवेश गर्ने लहर नै चलेको बताएका छन् । राजधानीमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेका बारेमा विगतमा फैलाइएका भ्रमबाट मुक्त हुँदै दैनिक ठुलो संख्यामा एमालेमा प्रवेश गर्ने लहर चलेको बताए ।



    सोही कार्यक्रममा प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी आजदेखि एमालेमा विलय भएको घोषणा गरियो । कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रेमबहादुर सिंहसँग २०३० सालको सुरुवातमा भारतको दरभंगामा भेट भएको बताए । त्यसबेला आफू भूमिगत रुपमा काम गर्दै हिँडेको उनले सुनाए ।

    प्रेमबहादुर सिंह नेकपा एमालेका लागि अपरिचित र नयाँ नरहेको भन्दै उनले लामो समय एमालेमै रहेर काम गरेका प्रभावशाली नेता रहेको बताए । उनले प्रेमबहादुर सिंहको स्वास्थ्य अवस्थाको प्रशंसा गर्दै ‘उमेरको तुलनामा भर्खरकै’ देखिएको बताए । ओलीले भने, ‘कर्णालीको हावापानी, यार्सागुम्बा खाएको मान्छे यस्तै हुन्छ ।’


    अर्थ चाैतारी
  • मंगलबार, ८ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट