logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • बलेफी हाइड्रोपावरको १८ लाख २७ हजार कित्ता आईपीओ बिक्रि खुला

    बलेफी हाइड्रोपावरको १८ लाख २७ हजार कित्ता आईपीओ बिक्रि खुला

    6.1K
    SHARES
    बलेफी हाइड्रोपावरको १८ लाख २७ हजार कित्ता आईपीओ बिक्रि खुला

    काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले बुधबार (चैत १६ गते) देखि सर्वसाधारणका लागि १८ लाख २७ हजार कित्ता आईपीओ बिक्रि खुला गरेको छ।



    कम्पनीले कुल १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीका लागि, ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याएर बाँकी रहेको १६ लाख ६३ हजार ४ सय ५३ कित्ता आईपीओ सर्वसाधारणमा जारी गरेको छ ।

    इच्छुक लगानीकर्ताहरुले न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । आवेदन भने चैत १६ गतेदेखि चैत्र २१ गतेसम्म दिन सकिने छ । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १६ चैत्र २०७८
  • सम्बन्धित समाचार