logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • सेयर बजार ४०.६८ अंककाे बाउन्सब्याक, काराेबार रकम भने २ अर्ब २५ करोडमात्रै

    सेयर बजार ४०.६८ अंककाे बाउन्सब्याक, काराेबार रकम भने २ अर्ब २५ करोडमात्रै

    6.7K
    SHARES
    सेयर बजार ४०.६८ अंककाे बाउन्सब्याक, काराेबार रकम भने २ अर्ब २५ करोडमात्रै

    काठमाण्डौ । लगातार ओरालो लागेको सेयर बजार बुधबार उकालो लागेको छ। बजार आज ४०.६८ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २५६८.२५ को विन्दुमा उक्लिएको छ।



    राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.१३ अंकले बढेर ४८०.०६ को विन्दुमा पुगेको छ। कारोबार रकम सवा २ अर्ब रुपैयाँ बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।

    यो दिन अन्य समूह सर्वाधिक ४.१२ प्रतिशतले उकालो लागेको छ। विकास बैंक ३.३२ प्रतिशतले बढेर आज बैंकिङ समूहमा ०.२३ प्रतिशत, व्यापार समूहमा ०.३८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.५१ प्रतिशत, जलविद्युत समूहमा २.५१ प्रतिशत, वित्त समूहमा ३.२९ प्रतिशत, निर्जीवन बीमा समूहमा १.५८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.४९ प्रतिशत, लघुवित्त समूहमा १.४३ प्रतिशत, जीवन बीमा समूहमा १.४८ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.३ प्रतिशत र लगानी समूहमा २.७६ प्रतिशतको बढोत्तरी भएको छ।

    धेरै कारोबार गर्ने कम्पनीहरु
    आज नेप्सेमा सूचीकृतमध्ये २३२ कम्पनीका ४५ लाख २ हजार ५११ कित्ता सेयर २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँमा किनबेच भएका छन्। यो दिन सिद्धार्थ इन्स्योरेन्सको सर्वाधिक ११ करोड २७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। प्रभु इन्स्योरेन्सको संस्थापक सेयरको १० करोड ९२ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको १० करोड ९ लाख रुपैयाँ, नेपाल टेलिकमको ६ करोड ९३ लाख रुपैयाँ, शिवम सिमेन्टको ६ करोड १९ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड १ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ४ करोड ८२ लाख रुपैयाँ, एचआईडीसीएलको ४ करोड ७५ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड ६७ लाख रुपैयाँ र अपी पावरको ४ करोड रुपैयाँ बढीको कारोबार भएको छ।

    धेरै कमाउने र धेरै गुमाउने
    यो दिन ४ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। इमर्जिङ नेपालको सेयरमूल्यमा १० प्रतिशत तथा राष्ट्र उत्थान लघुवित्त, नेष्डो समृद्ध लघुवित्त र सामलिंग पावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। आज युनिलिभर नेपाल र सिटिजन्स बैंकका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ २ प्रतिशतको हाराहारीमा ओरालो लागेका छन्।


    अर्थ चाैतारी
  • बुधबार, १६ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट