काठमाडौँ । सेयरबजार निरन्तर ओरालो लाग्न थालेको छ। आइतबार ३० अंकले घटेको नेप्से सोमबार फेरि १५.९४ अंकले घटेको हो।
सेन्सिटिभ सूचक पनि आज २.४७ अंकले घटेको छ। योसँगै नेप्से आज २४९७.४७ विन्दुमा आइपुगेको छ। आजको कारोबारमा २२६ कम्पनीको सेयर कारोबारमा सामेल भएकामा ३४ लाख २९ हजार कित्ता बिक्री भएका छन्। यो भनेको १ अर्ब ५८ करोड रुपैयाँको किनबेच हो।
दिनभरिमा ३१ हजार पटक कारोबार भएको थियो। सेयरबजार निरन्तर घटे पनि तीनवटा कम्पनीका लगानीकर्ताले भने निरन्तर कमाउँदै आएका छन्। नेस्डो, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालका लगानीकर्ताले आज पनि १० प्रतिशत आम्दानी गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आज लगानीकर्ताले ५.६६ प्रतिशतसम्म घाटा व्यहोरेका छन्। कुल कारोबारमा भने सर्वाधिक इमर्जिङ नेपालको ६ करोड ३९ लाखको कारोबार भएको छ। त्यस्तै नबिल बैंकको पनि आज ५ करोडको कारोबार भएको छ।
अर्थ चाैतारी ।