logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • आजसम्म कायम सेयरधनीले किसान लघुवित्तको २०% बोनस सेयर पाउने

    आजसम्म कायम सेयरधनीले किसान लघुवित्तको २०% बोनस सेयर पाउने

    3.4K
    SHARES
    आजसम्म कायम सेयरधनीले किसान लघुवित्तको २०% बोनस सेयर पाउने

    काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज जेठ १९ गते अन्तिम मौका रहेको छ।



    लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले भोलि जेठ २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज जेठ १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

    संस्थाले आफ्नो तेस्रो वार्षिक साधारणसभा यही जेठ २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा कैलालीको धनगढीमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। बोनस सेयर वितरण र थप साधारण सेयर निष्कासन (एफपीओ) गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

    अन्य उपयुक्त लघुवित्त संस्था गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारीलाई सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। संस्थाको केन्द्रीय कार्यालय सार्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पनि अनुमोदन गर्नेछ।


    अर्थ चाैतारी
  • विहिबार, १९ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट