logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • सिवाईसी नेपाल लघुवित्तको सेयर आजबाट कारोबारमा आउने

    सिवाईसी नेपाल लघुवित्तको सेयर आजबाट कारोबारमा आउने

    3.2K
    SHARES
    सिवाईसी नेपाल लघुवित्तको सेयर आजबाट कारोबारमा आउने

    काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त संस्था लिमिटेडको सेयर धितोपत्र दोस्रो बजारमा आजबाट कारोबारमा आउने भएको छ।



    यो लघुवित्त आईपीओ आज नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओमा नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर भोलि शनिबार र पर्सि आइतबार सार्वजनिक बिदा भएकोले सोमबारबाट मात्रै यो लघुवित्तको सेयर कारोबारमा आउनेछ।

    नेप्सेमा यो लघुवित्तको कुल १२ लाख १६ हजार ४१८ कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ८ लाख २१ हजार ८२ कित्ता र सर्वसाधारणको ३ लाख ९५ हजार ३३६ कित्ता छन्।

    नेप्सेले सेयर कारोबारका लागि सिवाईसी लघुवित्तलाई ‘सीवाईसीएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले न्यूनतम ३४४.३६ रुपैयाँदेखि अधिकतममा १०३३.०८ रुपैयाँको ओपनिङ रेन्ज तोकेको छ। यदि सोमबारको स्पेसल प्रिओपन सेसनमा यो लघुवित्तको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ।


    अर्थ चाैतारी
  • सोमबार, ३० जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट