काठमाण्डौ । “आइएमई पे” ले प्रयोगकर्ता माझ ‘क्यूआर डे विथ आइएमई पे’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत सबै प्रयोगकर्ताहरूले कुनै पनि क्यूआर पेमेन्ट आइएमई पे एप मार्फत भुक्तानी गर्दा दिनभरीमा १०% छुट (अधिकतम रू. १०० सम्म) प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
आइएमई पेले यस अफर ल्याउनको मुख्य उद्देश्य आफ्ना नियमित र सम्भावित ग्राहकलाई आइएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन गर्ने रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त अफर यही असार १० गते दिन १ दिनका लागि मात्र मान्य हुने जनाइएको छ ।
अफर अन्तर्गत पहिलो २५ सय सेवाग्राहीहरुले मात्र क्यासव्याक पाउँनेछन् भने पियर्स‐टु‐पियर्स क्यूआर ट्रान्जेक्सनमा यो अफर अन्तर्गतको क्यासव्याक प्राप्त नहुने विज्ञप्तिमा उल्लेख छ।
अर्थ चाैतारी ।