logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको तोरीबारीमा

    सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको तोरीबारीमा

    1.8K
    SHARES
    सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको तोरीबारीमा

    काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ।



    यसै क्रममा बैंकले उदयपुरको त्रियुगा नगरपालिका–७ तोरीबारीमा यही असार ६ गतेबाट ९५ ओैँ शाखारहित बैंकिङ सेवा प्राभरम्भ गरेको छ। सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी बाबुराम थापालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ।

    यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ। यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेखनीय विश्वास एवं बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ।

    बैंकले देशैभरि फैलिएका आफ्ना १७५ वटा शाखा, १२७ वटा एटीएम र ९५ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १४ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।


    अर्थ चाैतारी
  • विहिबार, ९ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट