logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • सहकारीको नियमन गर्न राष्ट्र बैंकले छुट्टै निकाय बनाउने

    सहकारीको नियमन गर्न राष्ट्र बैंकले छुट्टै निकाय बनाउने

    1.5K
    SHARES
    सहकारीको नियमन गर्न राष्ट्र बैंकले छुट्टै निकाय बनाउने

    काठमाण्डौ । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा व्यवस्था भएबमोजिम राष्ट्र बैंकले सुपरिवेक्षकीय दायरा बाहिर रही वित्तीय कारोबार गर्ने बचत तथा ऋण सहकारी र गैर–सरकारी संस्थाहरुको प्रभावकारी नियमन, निरीक्षण तथा सुपरिवेक्षणका लागि छुट्टै निकाय बनाउने भएको छ ।



    मौद्रिक नीति मार्फत बैंकले यस्तो क्षेत्रको नियमनका लागि दोस्रो तहको नियामक निकाय स्थापना गर्ने सम्बन्धमा आवश्यक सहजीकरण गरिने बताएको हाे । बचत तथा ऋण सहकारी संस्थाहरुको नियमन, निरीक्षण तथा सुपरिवेक्षण व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक सहयोग पुग्ने बैंकको भनाइ छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ६ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट