logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता दिनुपर्ने माग गर्दे सर्वोच्चमा रिट

    क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता दिनुपर्ने माग गर्दे सर्वोच्चमा रिट

    1.8K
    SHARES
    क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता दिनुपर्ने माग गर्दे सर्वोच्चमा रिट

    काठमाण्डौ । क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। विश्वका कतिपय देशहरुले डिजिटल मुद्राको रुपमा वैधानिकता दिएकाले नेपालमा पनि पाउनुपर्ने माग राखी सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दर्ता भएको छ।



    अधिवक्ता सागर बराललगायतले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्। क्रिप्टो लगायतका डिजिटल मुद्रालाई कानुनी मान्यता नदिने नेपाल राष्ट्र बैंकको निर्णय बदर गर्दै मान्यता दिनु भनि परमादेश जारी गर्न रिटमा माग गरिएको छ।

    अहिले विश्वभर डिजिटल करेन्सीको कारोबार भइरहेकाले नेपालमा पनि यसलाई खुला गर्नुपर्ने रिटमा जिकिर गरिएको छ। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल राष्ट्र बैंक, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र नेपाल प्रहरी प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ।

    पछिल्लो समय नेपाल राष्ट्र बैंकले क्रिप्टोको कारोबारमा कडाई गर्दै आएको छ। त्यस्तै राजश्व अनुसन्धान विभागले अनुसन्धान गर्दै विदेशी मुद्रा अपचलनका मुद्दासमेत दायर गर्दै आएको छ। क्रिप्टोले वैधानिकता पाएमा उनीहरुविरुद्ध अपराधिक अभियोगमा अनुसन्धान हुने छैन। रिटको पहिलो पेसी आगामी सोमबारलाई तोकिएको छ।


    अर्थ चाैतारी
  • विहिबार, २ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट