logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • बक्यौता नतिरेकाे भन्दै सरकारले खारेज गर्‍यो हेल्लो नेपालको लाइसेन्स

    बक्यौता नतिरेकाे भन्दै सरकारले खारेज गर्‍यो हेल्लो नेपालको लाइसेन्स

    1.9K
    SHARES
    बक्यौता नतिरेकाे भन्दै सरकारले खारेज गर्‍यो हेल्लो नेपालको लाइसेन्स

    काठमाण्डौ । बारम्बार ताकेता गर्दा पनि बक्यौता नतिरेपछि प्राधिकरणले नेपाल सरकारले व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट कम्पनी (हेल्लो नेपाल)को लाइसेन्स खारेज गरिदिएको छ।



    नेपाल दूरसञ्चार प्राधिकरणको निर्णयलाई सरकारले अघि बढाएको हो। प्राधिकरणले गत मंसिरमा लाइसेन्स खारेजी गरेको थियो। प्राधिकरणले लाइसेन्स खारेजसँगै पुनरवलोकनको लागि स्याटेलाइट कम्पनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा गएको थियो। मन्त्रालयले खारेजीका लागि मन्त्रिपरिषदमा लगेकोमा केही समयअघि बसेको मन्त्रिपरिषद बैठकले लाइसेन्स खारेज गर्ने निर्णय गरेको हो।

    मध्यपश्चिम र सुदूरपश्चिममा हेल्लो नेपालले सेवा प्रदान गर्दै आएको थियो। लाइसेन्स नै खारेज भइसकेका दूरसञ्चार कम्पनीका नाममा फ्रिक्वेन्सी ‘होल्ड’ बापथ मन्त्रिपरिषद्ले २०७६ पुस २१ को निर्णयअनुसार नेपाल स्याटेलाइट प्रालिले (हेलो नेपाल) १ अर्ब ३८ करोड रुपैयाँ बुझाउनुपर्ने निर्णय भएको थियो।

    यसअनुसार कम्पनीले पहिलो वर्ष २१ करोड ५१ लाख रुपैयाँ किस्ता बुझाए पनि अरु बाँकी छ। नेपाल स्याटेलाइट प्रालिले (हेलो नेपाल)ले ९०० र १८०० मेगाहर्ज ब्यान्डका फ्रिक्वेन्सी होल्ड गरेको छ। ९०० मेगाहर्ज ब्यान्डमा मेगाहर्ज र १८०० मेगाहर्ज ब्यान्डमा १८ मेगाहर्ज फ्रिक्वेन्सी रहेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, ७ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट