logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • मेरो सेयर एप अब आई–फोनमा पनि चल्ने

    मेरो सेयर एप अब आई–फोनमा पनि चल्ने

    2.7K
    SHARES
    मेरो सेयर एप अब आई–फोनमा पनि चल्ने

    काठमाण्डौ । सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित अनलाइन मेरो सेयर एप अब आईओएस भर्सनमा पनि चल्ने भएको छ । कम्पनीले हालैमात्र आफ्नो सुविधालाई थप विविधीकरण गर्दै आईओएस भर्सनमा अपडेट गरेको हो ।



    योसँगै अब आई–फोन प्रयोगकर्ताहरूले पनि सजिलै मेरो सेयर एप डाउन लोड गरी चलाउन सक्ने भएका छन् । आईओएस प्रयोगकर्ताहरूले आफ्नो मोबाइलको एप स्टोरमा गई मेरो सेयर सर्च गरी सीडीएससी को लोगो अंकित आइकन भएको तथा सेलर इनफर्मेसनमा सीडीएस क्लियरिङ्ग लेखिएको एप डाउनलोड गरी प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यसअघि यस्तो सुविधा एन्ड्रोइड फोनमा मात्र उपलब्ध रहेको थियो ।


    अर्थ चाैतारी
  • मंगलबार, ७ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट