काठमाण्डौ । युरोपको ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकिरहेको चाढपर्व दशैं तिहारलाई लक्षित गर्दै ‘बेकोसँग दशैं तिहार, भित्र्याउनु होस् खुशी र उपहार’ नामक योजना सार्वजनिक गरेको छ ।
उक्त योजना अन्तर्गत बेको ब्राण्डका कुनैपनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। जस अनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ केजीको सर्फएक्स्सेल म्याटिक वाशिङ पाउडर उपहार पाइन्छ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाइन्छ।
साथै बेकोको रेफ्रिजीरेटरको खरिदमा इन्डक्सन कुकर उपहार पाइन्छ भने कूकिङरेन्ज (फ्रीस्टान्डिङओवन)को खरिदमा प्रेसर कूकर र एअरकन्डिसनरको खरिदमा रु ४ हजार बराबरको फ्री इन्स्ट्लेसन पाइन्छ। उक्त योजना भाद्र १०, २०७९देखि सीमितअवधिका लागि लागू गरिएको बताइएकाे छ। बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजीइओएल रहेको छ।
सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजीडिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टङगाल, कुमारी पाटी, भक्तपुर राधेराधे, बीर्तिपुर, रविभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँबजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन।
अर्थ चाैतारी ।