logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • विद्युत प्राधिकरणको चेतावनीपछि इन्टरनेट सेवाप्रदायकले सिंहदरबार वरपरबाट सुरु गरे तार व्यवस्थापन

    विद्युत प्राधिकरणको चेतावनीपछि इन्टरनेट सेवाप्रदायकले सिंहदरबार वरपरबाट सुरु गरे तार व्यवस्थापन

    2K
    SHARES
    विद्युत प्राधिकरणको चेतावनीपछि इन्टरनेट सेवाप्रदायकले सिंहदरबार वरपरबाट सुरु गरे तार व्यवस्थापन

    काठमाण्डाै । नेपाल विद्युत प्राधिकरणको ठाडो निर्देशनपछि इन्टरनेट सेवाप्रदायकले अव्यवस्थित तार व्यवस्थापन गर्न सुरु गरेका छन । इन्टरनेट, तथा केबललगायत अप्टिकल फाइबर व्यवस्थापन गर्नुपर्ने भन्दै विद्युत प्राधिकरणले गत दुई हप्ता अघि सार्वजनिक सुचना जारी गरेको थियो ।



    सार्वजनिक सूचनासँगै प्रत्येक सेवाप्रदायकलाई नयाँ मापदण्डसहित गत हप्ता पत्र समेत पठाएको थियो । प्राधिकरणको पत्रसँगै सेवाप्रदायकले प्रशासनिक क्षेत्र सिंहदरबार वरपरबाट तार व्यवस्थापन सुरु गरेको छ । इन्टरनेट सेवाप्रदायक संघले भनेको छ ‘राजधानीको मुटु सिंहदरबार वरिपरि व्यवस्थापन कार्य नेपाल दूरसंचार प्राधिकरण, काठमाडौँ महानगरपालिका, ट्राफिक प्रहरी कार्यालय (काठमाडौँ उपत्यका), नेपाल बिद्युत प्राधिकरण समेतको सहकार्यमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले शनिबारदेखि तार व्यवस्थापन कार्य सुरु गरेको छ ।’

     

    आईस्पानले तार व्यवस्थापनको दीर्घकालिन समाधान भनेको पूर्वाधार कम्पनी भएपनि अल्पकालिन रुपमा तार व्यवस्थापना गर्न लागिएको जनाएको छ । यस अघि विद्युत प्राधिकणले ४५ दिनभित्र तार व्यवस्थापन नगरे प्राधिकरण आफैले तार काट्ने चेतावनी दिएको थियो । निर्देशनसँगै प्राधिकरणले तार व्यवस्थापन गर्न विभिन्न मापदण्ड पनि तोकेको थियो ।

    जस अनुसार राउटर, रिपिटर, अप्टिकल फाइबर डिस्ट्रिब्यूसन बक्स–ज्वाइन्ट क्लोजर जस्ता उपकरणहरू पोलको एउटै मात्र साइडमा क्रमैसँग मिलाएर गर्ने, नहल्लिने गरी जडान गर्ने र सफासँग क्लिप, ब्याण्ड प्रयोग गरी वायरिङ्ग गर्नुपर्नेछ। प्रयोगमा नरहेका सम्पूर्ण अप्टिकल फाइबर तथा कोक्सिअल केबल तथा अन्य उपकरणहरू तत्काल हटाउनु पर्ने जनाएको छ । यस बाहेक एनईएको पोलहरूमा क्वाइल लूप बनाएर राखिएको अप्टिकल फाइबर तथा कोक्सिअल केबल तत्काल हटाउने तथा नयाँ केबलहरू तान्दा समेत अतिरिक्त लम्बाइको केबललाई क्वाइल लूप बनाई पोलमा झुण्ड्याउने कार्य नगर्न÷नगराउन भनिएको छ।

    सेवा प्रदायकहरूले निजहरूको केबल सजिलोसँग छुट्याउन सक्ने गरी प्रत्येक पोलमा केबल ट्याग लगाउने र पोलमा जडित उपकरणहरूमा समेत उपयुक्त मार्किङ्ग गर्नुपर्नेछ। उल्लेखित न्यूनतम भर्टिकल क्लियरेन्स कायम नगरी ड्रप केल सर्भिस केबलमार्फत ग्राहकलाई कनेक्सन समेत नदिन भनिएको छ। सम्भव भएसम्म धेरै कोर भएको केवल तानी बहुसख्यक सेवा प्रदायकले सहप्रयोग गर्ने गरी सेवा विस्तार गर्नुपर्नेछ भने अप्टिकल फाइबर तथा कोक्सिअल केबल सडक वारपार नतान्ने र तानिएको केवलहरू हटाउनुपर्ने भएको छ।

     


    अर्थ चाैतारी
  • आइतबार, २७ कात्तिक २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट