logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • पोलियोविरुद्धको खोप ‘एफआइपिभी’ लगाउने समय परिवर्तन

    पोलियोविरुद्धको खोप ‘एफआइपिभी’ लगाउने समय परिवर्तन

    1K
    SHARES
    पोलियोविरुद्धको खोप ‘एफआइपिभी’ लगाउने समय परिवर्तन

    काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोलियोविरुद्धको खोप ‘एफआइपिभी’ लगाउने समय परिवर्तन गरेको छ ।
    खोप ‘एफआइपिभी’ लगाउने समय विज्ञको सल्लाहमा नै परिवर्तन गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर सञ्जयकुमार ठाकुरले जानकारी दिए ।



    उनका अनुसार १ वर्ष मुनिका बालबालिकाका लागि यस अघि ६ हप्ता र १४ हप्तामा गरी २ मात्रा दिने व्यवस्था रहेको थियो । तर अब भने पहिलो मात्रा १४ हप्ता र दोस्रो मात्रा ९ महिनामा लगाइने छ । यस्तै १ वर्ष उमेरमा खोप लगाउन छुटेमा पाँच वर्षभित्रमा बालबालिकाले पनि लगाउन सकिने मन्त्रालयले जनाएको छ । यस्तै, ५ वर्षभित्रमा बालबालिकाले ४ महिनाको फरकमा दुई मात्रा खोप लगाउने छन् ।


    अर्थ चाैतारी
  • मंगलबार, १२ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट