logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • ४२ जिल्लामा का प्रमुख जिल्ला अधिकारी फेरिए (सूचीसहित)

    ४२ जिल्लामा का प्रमुख जिल्ला अधिकारी फेरिए (सूचीसहित)

    1.1K
    SHARES
    ४२ जिल्लामा का प्रमुख जिल्ला अधिकारी फेरिए (सूचीसहित)

    काठमाण्डौ । सरकारले एकै पटक ४२ जना प्रमुख जिल्ला अधिकारी र ७ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ ।



     

    उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार सबै सहसचिव र उपसचिवहरूलाई काज सरुवा गरिएको हो । सरुवा हुनेमा सिडिओ, सहायक सिडिओका साथै जेलर, निर्देशकसम्म रहेका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ गृह मन्त्रालयमा तानिएका छन् भने सुरेन्द्र पौडेललाई चितवनको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

     

    भक्तपुरको सिडिओमा सुर्खेतका खगेन्द्रप्रसाद रिजाललाई सरूवा गरिएको छ भने भक्तपुरकी रूद्रादेवी शर्मालाई गृहमन्त्रालय सिंहदरबारमा तानिएको छ । जनघनत्व धेरै भएका जिल्लाहरू झापामा शिवराम पोखरेललाई पठाइएको छ भने दाङमा सुशील वैद्य तथा सुनसरीमा काभ्रेकी हुमकला पाण्डेलाई जिम्मेवारी दिइएको छ ।

     

    मोरङको प्रमुख जिल्ला अधिकारीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सिंहदरबारका महानिर्देशक तीर्थराज भट्टराईलाई पठाइएको छ । मोरङका सिडिओ काशीराम दाहाललाई धनुषा धनुषा पठाइएको छ ।

     


    अर्थ चाैतारी
  • शनिबार, ७ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट