logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • विश्वका धेरै चलचित्र एकै ठाउँमा हेर्न सकिने स्थान काठमाण्डौ : नीर शाह

    विश्वका धेरै चलचित्र एकै ठाउँमा हेर्न सकिने स्थान काठमाण्डौ : नीर शाह

    988
    SHARES
    विश्वका धेरै चलचित्र एकै ठाउँमा हेर्न सकिने स्थान काठमाण्डौ : नीर शाह

    काठमाण्डौ । वरिष्ठ अभिनेता निर शाहले अन्तर्राष्ट्रिय स्तरका गुणात्मक चलचित्रहरु चयन गरेर नेपाली चलचित्रका बारेमा पनि विदेशीहरुलाई प्रचार गर्न सक्नुपर्ने बताए । उनले विश्वका धेरै चलचित्र एकै ठाउँमा बसेर हेर्न सकिने स्थान काठमाण्डौ रहेको बताए । उनले नेपाल पनि राम्रा सिनेमा बनाउनसक्ने प्रशस्त सम्भावना भएको देश भएको बताए ।



     

    उनले भने, ‘प्रत्येक वर्ष ३६५ दिन नै नेपालमा चलचित्र सम्बन्धी गतिविधिहरु हुने गर्दछन् । वर्ष कुन बेला सकियो, कुन बेला शुरु हुन्छ हेक्का नै हुँदैन । हरेक दिन केही न केही चलचित्रका नाममा भइ नै रहेको हुन्छ । अन्तर्राष्ट्रिय स्तरका गुणात्मक दृष्टिकोणले जुन प्रकारका सिनेमाहरु अन्तर्राष्ट्रिय चलचत्रि महोत्सवका दौरान दर्शकहरुले हेर्ने अवसर प्राप्त गर्छन्, त्यो गर्नका लागि एउटा मानिसले आधा जीवन खर्च गरेर करोडौं रुपैयाँ खर्च गर्दापनि प्राप्त गर्न नसक्ने खालको अवसर हो । त्यसलाई कसरी बुझेका छौँ ।’

     

    उनले भने, ‘विश्वभरका यति धेरै गुणस्तरीय सिनेमा एकै ठाउँमा बसेर हेर्न पाइने विश्वमै थोरै ठाउँ मध्येको एउटा ठाउँ बन्नसक्यो काठमाडौं । नेपाल पनि उत्कृष्ट सिनेमा बनाउनसक्ने प्रशस्त सम्भावना बोकेको देश हो ।’


    अर्थ चाैतारी
  • बुधबार, ११ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट