काठमाण्डौ । बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–४ घर भएर ललितपुर महानगरपालिका वडा नम्बर–९ बस्ने ४७ वर्षका भीमबहादुर तामाङ छन् ।
ललितपुर उच्च अदालतले २०७८ साउनमा भीमबहादुरविरुद्ध ९ लाख ६० हजार बिगो तथा जरिवाना र ३ दिन कैद सजाय हुने फैसला गरेको थियो । उनलाई ३८ हजार क्षतिपूर्ति भराउने फैसला भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) कृष्णप्रसाद कोइरालाले रातोपाटीलाई बताए । प्रतिवादी तामाङलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ ।
अर्थ चाैतारी ।