logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • ७६ प्रतिशतसम्म लाभांश बाड्ने लघुवित्तको स्रोत के हो?: निर्देशक नेपाल

    ७६ प्रतिशतसम्म लाभांश बाड्ने लघुवित्तको स्रोत के हो?: निर्देशक नेपाल

    637
    SHARES
    ७६ प्रतिशतसम्म लाभांश बाड्ने लघुवित्तको स्रोत के हो?: निर्देशक नेपाल

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले लघुवित्तको लाभांशमाथि प्रश्न गरेका छन् । नेपाल लघुवित्त बैंकर्स संघको १६ औं वार्षिक साधारणसभामा लघुवित्तको लाभांशमाथि प्रश्न गरेका हुन् ।



    उनले धेरै लघुवित्तले २० प्रतिशतसम्म लाभांश बाँडे पनि केहीले भने धेरै लाभांश बाँडेको बताए । ‘७६ प्रतिशतसम्म लाभांश बाड्न कताबाट नाफा कमाए ? यत्राै लाभांश दिने श्राेत के हाे ? अधिकांश लघुवित्तको २० प्रतिशत लाभांश बाडेको भएपनी केही लघुवित्तले धेरै लाभांश बाँडेका छन्,’ उनले भने ।

     

    यस्तै, उनले लघुवित्तले पैसा लिएर तिर्नुपर्दैन भन्ने प्रवृति अराजक भएको बताए । ‘लघुवित्तको अनुशासनमा ठूलो गिरावट आएको छ, यसको क्रियाकलापमा सिद्धान्त पालना हुन सकेको छैन, लघुवित्त आफै सुध्रिनु पर्छ, राष्ट्र बैंकले कारबाही गरेर मात्रै हुँदैन,’ उनले भने । उनले हालसम्म १५ वटा लघुवित्तले मात्रै एजिएम क्लियरेन्स प्राप्त गरेका जानकारी दिएका छन् ।


    अर्थ चाैतारी
  • आइतबार, १५ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट