logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • महिन्द्राकाे एक्सयूभी ७०० अब नेपाली बजारमा, सुरुवाती मूल्य ७४ लाख

    महिन्द्राकाे एक्सयूभी ७०० अब नेपाली बजारमा, सुरुवाती मूल्य ७४ लाख

    494
    SHARES
    महिन्द्राकाे एक्सयूभी ७०० अब नेपाली बजारमा, सुरुवाती मूल्य ७४ लाख

    काठमाण्डौ । महिन्द्राकाे लाइफस्टायल एसयूभी ७०० आज नेपाली बजारमा सार्वजनिक गरेकाे छ । महिन्द्राको नेपालकाे लागि आधिकारिक विक्रेता अग्नी इनकर्पोरेटले आयात प्रतिबन्ध हटेसँगै पहिलो भेहिकलकाे रुपमा एक्सयूभी ७०० सार्वजनिक गरेकाे हाे ।



     

    आज सार्वजनिक गरेकाे एक्सयूभी ७०० को सुरुवाती मूल्य ७४ लाख रहेकाे छ भने, विभिन्न ६ भेरियन्टमा आउने एक्सयूभी ७०० को टप भेरियन्टको मूल्य भने १ करोड १० लाख रुपैयाँ तोकिएको कम्पनीले जनाएकाे छ । एक्सयूभीको वेस भेरियन्ट एएक्स ३ को मूल्य ७४ लाख, एएक्स५ को ८१ लाख र अर्काे एएक्स५ सात सिटरको ८३ लाख रुपैयाँ निर्धारण गरेकाे छ ।

     

     

    त्यस्तै, एक्सयूभी ७०० एएक्स ५ अटोमेटीक ५ सिटरको मूल्य ८९ लाख र एएक्स ७ मेनुअलको मूल्य १ करोड ५ लाख र एएक्स ७ अटोमेटीकको मूल्य १ करोड १० लाख रुपैयाँ निर्धारण गरेकाे हाे । साथै कम्पनीले हालै बुकिङ् गर्नेलाई आगामी फेब्रअरी मध्यसम्मा डेलिभरी दिने जनाएको छ ।

     

    यस्तो छ एक्सयूभी ७००
    महिन्द्राले अहिलेसम्म बजारमा ल्याएको मध्य सबैभन्दा धेरै हाइटेक फिचर पाउन सकिने एक्स्यूभी ७०० मा ‘एड्रिनोएक्स’ कनेक्ट फिचर पाउन सकिन्छ । बोस्च इन्डियाले उत्पादन गरेको यो सिस्टम निकै नविनतम र प्रयोग गर्न सजिलो रहेको महिन्द्राको दावी छ ।

     

    एड्रिनोएक्स कनेक्ट सिस्टमको कारण यसमा थुप्रै यूनिक सुरक्षा फिचरहरु उपलब्ध रहेको छ । यही सिस्टमको कारण चालकलाई सधैँ सजग गराउन मद्दत पुग्ने छ । यदि चालक निदाउन लागेको छ भने पनि सिस्टमले उसलाई निर्देश गर्नेछ । उच्च गतिमा गाडी गुडाउन पनि यो सिस्टमले चालकलाई दिने छैन । बोस्चले चालकलाई निन्द्रा लागेको पत्ता लगाउने प्रविधि प्रयोग गरेको यो सेग्मेन्टमा नै पहिलो एसयूभी भएको जनाएको छ । उक्त सिस्टमले चालकको बानी व्योहोरालाई राम्रोसँग विष्लेषण गरेर बेला बखतमा वार्निङ गरिरहने छ ।

     

    यात्रालाई आरामदायी र मनोरन्जनात्मक बनाउन मोवाइल कनेक्ट, सिमकार्ड बिनाको नेभिगेशन, रिमोर्ट स्टार्टरस्टप, क्लाइमेट कन्ट्रोल, रिमोर्ट विन्डो कन्ट्रोल, मोवाइल एप र स्मार्टवाचवाट भेहिकल कन्ट्रोल जस्ता फिचर पनि यसमा समावेस भएका छन् । महिन्द्राले एक्सयूभी-७०० नेपाली बजारमा ५ र ७ सिट क्षमतामा ल्याएकाे छ । कम्पनीले यसमा २.० लिटर टर्बो पेट्रोल इन्जिन दिएकाे छ । पावरफुल पेट्राेल इन्जिन रहेकाे एक्सयूभी ७०० जस्तोसुकै बाटोको लागि उपयुक्त हुनेछ । यसमा रहेको टर्बो पेट्रोल इन्जिनले २०० पीएस पावर तथा ३८० एनएम टर्क प्रदान गर्छ ।

     

    सुरक्षाको हिसावले पनि एक्सयूभी-७०० उत्कृष्ट रहेको छ । क्रयास टेष्टमा ५ स्टार रेटिङ पाएकाे एक्सयूभी ७०० ले सन् २०२२ को ग्लोवल एनक्यापले प्रदान गर्ने ‘सेफर च्वाइस अवार्ड’ जित्न सफल भएको छ । ग्लोबल एनक्यापले निर्धारण गरेको ६६ अंकमा ५७.६९ अंकसहित महिन्द्रा एक्सयूभी ७०० ले सेफर च्वाइस अवार्ड जित्न सफल भएको हो ।

     

    एक्सयूभी ७०० को सुरुवाती भेरियन्टमा ७ इन्चको इन्ट्रुमेन्ट क्लष्टर र ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम पाउन सकिन्छ भने, टप स्पेकमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ । कम्पनीले यसलाई प्रिमियम बनाउन ६ वटासम्म स्पीकर, एलइडी डेटाइम रनिङ लाइट, १८ इन्चको अलोय ह्वील र पानारोमिक सनरुफ जस्ता फिचर प्रदान गरेर गाडीलाई लोभलाग्दो बनाएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १६ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट