logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • इलेक्ट्रिक थ्रि-ह्विलर अटो ‘ट्रियो र यारी’मा अग्नि ग्रुपको नगद छुट मेला

    इलेक्ट्रिक थ्रि-ह्विलर अटो ‘ट्रियो र यारी’मा अग्नि ग्रुपको नगद छुट मेला

    533
    SHARES
    इलेक्ट्रिक थ्रि-ह्विलर अटो ‘ट्रियो र यारी’मा अग्नि ग्रुपको नगद छुट मेला

    काठमाण्डौ । महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी) ले ट्रियो इलेक्ट्रिक अटो र यारी गत आइतबार एक भव्य समारोहका साथ दमक, भैरहवा र नेपालगञ्जमा पनि सार्वजनिक गरेको छ।



     

    ट्रियो लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर हो। अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)का आधिकारिक बिक्रेता अग्नि इनर्जी प्रालिले अग्नि ग्रुपका प्रतिनिधिहरुको उपस्थितिमा ३ नयाँ बिक्री केन्द्रमा दुई सवारी सार्वजनिक गरेको हो।

     

    योसहित नेपालका विभिन्न क्षेत्रका १२ वटा केन्द्रहरु बिर्तामोड, विराटनगर, इटहरी, सिन्धुली, मलंगवा, हेटौंडा, नारायणघाट, बुटवल र सुर्खेत लगायतका महिन्द्रा शोरुमहरुमा ‘नगद छुट र एक्सचेन्ज’ मेलाको घोषणा समेत गरेको छ। देशका विभिन्न क्षेत्रका १२ वटा महिन्द्रा बिक्रीकेन्द्रमा एकै साथ एक कार्यक्रम आयोजना गरी नगद छुट मेला र अटो सटही योजना ल्याएको हो जसमा नयाँ इलेक्ट्रिक थ्री–ह्विलर अटो ट्रियो र यारी खरिद गरेबापत ४० हजारसम्मको नगद छुट दिने योजना ल्याएको छ। यो योजना २०२३को पूरै फेब्रुअरी महिनाभरकाका लागि लागू हुनेछ।

     

    यो योजनाले ग्राहकहरूलाई राहत दिन र नयाँ इलेक्ट्रिक थ्री–ह्विलर अटो ट्रियो र यारीको प्रयोगले उद्यमशीलतालाई समर्थन गर्ने प्रयास हो। मेलाबाट पुराना तथा नयाँ ग्राहकहरुले अधिकतम लाभ लिन सक्ने अपेक्षा कम्पनीले राखेको छ। महिन्द्रा ट्रियो अटो र यारीले परम्परागत पेट्रोल सवारी साधनको तुलनामा ठूलो बचतसँगै आफ्नो स्वमित्वकर्ताको जीविकामा उल्लेखनीय रूपमा वृद्धि गर्नेछ भन्ने कुरामा विश्वस्त रहेको कम्पनीले जनाएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २४ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट