logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • प्रजातन्त्र दिवसमा नर्भिकले विशेष अभियान सञ्चालन गर्ने

    प्रजातन्त्र दिवसमा नर्भिकले विशेष अभियान सञ्चालन गर्ने

    663
    SHARES
    प्रजातन्त्र दिवसमा नर्भिकले विशेष अभियान सञ्चालन गर्ने

    काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधुमेह(सुगर)का बिरामीलाई लक्षित गरी बृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ। अस्पतालले आगामी फागुन ७ गते अर्थात प्रजातन्त्र दिवसको अवसर पारी मधुमेहका बिरामी लक्षित वृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको हो।



     

    नर्भिक अस्पतालको नर्सिङ ट्रेनिङ हलमा सो कार्यक्रम आयोजना हुनेछ। दिउँसो १ बजेदेखि कार्यक्रम सुरु हुने र त्यसमा सहभागी हुनेहरुका लागि अस्पतालले निःशुल्क सुगर लेभल जाँचको सेवासमेत उपलब्ध गराउने अस्पतालले जनाएको छ। सो क्रममा नर्भिक अस्पतालकी विशेषज्ञ चिकित्सक डा. मधु पाण्डेले जनचेतनामूलक कार्यक्रमको नेतृत्व गर्ने र निःशुल्क परामर्श सेवासमेत उपलब्ध गराउने छिन्।

     

    नर्भिक अस्पतालले बेला–बेला आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ। अस्पतालले लामो समयदेखि प्रत्येक शनिबार यूरोलोजीको टिम परिचालन गरी निःशुल्क ओपिडी सेवासमेत सञ्चालन गर्दै आएको छ। विशेष अवसर पारेर विभिन्न विज्ञ चिकित्सकहरुलाई सहभागी गराई निःशुल्क स्वास्थ्य जाँचको सेवासमेत उपलब्ध गराउने गरेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २४ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट