logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • याडिया स्कुटरमा ३० हजार नगद छुट, फाइनान्समा ६.९९ प्रतिशत व्याज

    याडिया स्कुटरमा ३० हजार नगद छुट, फाइनान्समा ६.९९ प्रतिशत व्याज

    546
    SHARES
    याडिया स्कुटरमा ३० हजार नगद छुट, फाइनान्समा ६.९९ प्रतिशत व्याज

    काठमाण्डाै । याडिया स्कुटरको आधिकारिक वितरक कुजु नेपालले जुनसुकै व्रान्डको पुरानो मोटरसाइकल तथा स्कुटरसंग याडियाको व्रान्ड न्यू इलेक्ट्रिक स्कुटर एक्सचेन्ज गर्न मिल्ने स्किम ल्याएको छ ।



     

    सो स्किमसंगै कम्पनीले याडीया स्कुटरको खरिदमा ३० हजार नगद छुट दिने वताएको छ । साथै फाइनान्स सुविधामा खरिद गर्न चाहने ग्राहकले ६.९९ प्रतिशत व्याजदरमा मासिक किस्ता भुक्तानी गर्नेगरी यी स्कुटर खरिद गर्न सक्नेछन् । ग्राहकले एक आर्थिक वर्षको रोड ट्याक्स समेत निशुल्क पाउने छन् ।

     

    याडियाको हाल नेपाली बजारमा ८० किलोमिटर रेन्ज प्रदान गर्ने सि१एस र जी५ मोडल तथा ६० किलोमिटर रेन्जको एस लाइक स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य क्रमश ३ लाख ७० हजार, ३ लाख ५० हजार र २ लाख ५५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

     

    यी स्कुटरको विक्री वितरण र विक्री पछिको सेवा उपलब्ध गराउन कम्पनीले काठमाण्डाै सहित पोखरा, चीतवन, दाङ, वुटवल, ललितपुर र भक्तपुरमा डिलर नेटवर्क स्थापना गरेको छ । निकट भविष्यमा विर्तामोड, दमक, धरान, इटहरी, विराटनगर, लहान, जनकपुर, हेटौडा, भैरहवा, नेपालगन्ज, महेन्द्रनगर र धनगढीमा नयाँ आउटलेट संचालन गर्ने तयारी गरिरहेको छ ।

     


    अर्थ चाैतारी
  • सोमबार, २३ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट