logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • नाडाद्वारा उपत्यका ट्राफिक प्रहरीलाई ५ थान हाईटेक एडभान्स सिपियु प्रदान

    नाडाद्वारा उपत्यका ट्राफिक प्रहरीलाई ५ थान हाईटेक एडभान्स सिपियु प्रदान

    819
    SHARES
    नाडाद्वारा उपत्यका ट्राफिक प्रहरीलाई ५ थान हाईटेक एडभान्स सिपियु प्रदान

    काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन तथा पार्किङ सुविधाका लागि ५ थान हाईटेक एडभान्स सिपियु प्रदान गरेको छ ।



     

    एक कार्यक्रमका बीच नाडाका अध्यक्ष ध्रुव थापाले ट्राफिक प्रहरी प्रमुख मिरा चौधरीलाई राजधानीको सेण्ट्रलट्राफीक मोनिटरिङ्गका लागि पाँच थान हाईटेक एडभान्स सिपियु र त्यससँग सम्बन्धित उपकरणहरु हस्तान्तरण गरेका छन् । साथै सोही अवसरमा नाडाले ट्राफिक प्रहरीलाई १०० थान ट्राफिक रिफलेक्टर ज्याकेट पनि हस्तान्तरण गरेको जनाएको छ ।

     

    उक्त कार्यक्रमको अवसरमा राजधानीको ट्राफिक व्यवस्थापन तथा पारकिङ्गका सम्बन्धमा के कसरी अघि बढने भन्ने विषयमा समेत छलफल भएको नाडाले जनाएको छ । अध्यक्ष थापाले नाडाको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरिएको बताए ।

     

    नाडाले राजधानीको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन विगत लामो समयदेखि विभिन्न भौतिक सहयोग प्रदान गर्दे आएको र आजको यस हस्तान्तरण कार्यक्रम पनि त्यसको निरन्तरता भएको बताए । सहयोग सामग्री ग्रहण गर्दै ट्राफिक प्रमुख चौधरीले नाडाको उक्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस कार्यालयका लागि नाडाबाट यस किसिमकासहयोग निरन्तर रुपमा प्राप्तभइरहने अपेक्षा राखेको बताइन् ।


    अर्थ चाैतारी
  • विहिबार, २६ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट