logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • सेगवेको नयाँ एन सिरिज इलेक्ट्रिक स्कुटर : मूल्य २.६० लाख, रेन्ज १०५ किमी

    सेगवेको नयाँ एन सिरिज इलेक्ट्रिक स्कुटर : मूल्य २.६० लाख, रेन्ज १०५ किमी

    494
    SHARES
    सेगवेको नयाँ एन सिरिज इलेक्ट्रिक स्कुटर : मूल्य २.६० लाख, रेन्ज १०५ किमी

    काठमाण्डौ । सेगवे नाइनबटको नेपालका लागि आधिकारिक विक्रेता आई हब प्रालिले एन–सिरिज अन्तर्गतको नयाँ ई–स्कुटर सार्वजनिक गरेको छ । अलि बढी पावरको साथ अझ प्रभावशाली, नाइनबट एन१०० एन सिरीज अन्तर्गत नेपाली बजारमा सार्वजनिक पहिलो ई–स्कुटर हो ।



     

    सेगवे नाइनबटको एन१०० मा २२०० वाटको अधिकतम पावर सेगवे कस्टमाइज्ड बुशलेस मोटर जडित छ, जसले गर्दा एक पटकको चार्जमा १०५ किमी सम्मको यात्रा गर्न सकिन्छ । यो ई–स्कुटरमा एलईडी लाइट, डिजिटल डिस्प्ले र राईडी गो जस्ता स्मार्ट टेक्नोलोजी प्रयोग गर्न सकिने सुविधा छ । बलियो इन्जिन र प्रभावशाली ब्याट्रीहरुको अलावा यो आकारमा ठूलो छ र सिट मुनि पर्याप्त ठाउँ छ । समग्रमा, सेगवे नाइनबट एन१०० एक सुविधाजनक ईलेक्ट्रिक स्कुटर हो जुन शहरी छोटो यात्राको लागि उपयुक्त छ ।

     

    एन१०० ले कम्प्याक्ट डिजाइनको अतिरिक्त अत्याधुनिक मोबाइल एप सहित अत्याधुनिक प्रविधि पनि जडान गरिएको छ जसमा सवारी चालकहरुको गति, यात्रा गरेको दूरी र बाँकी रहेको ब्याट्री लाइफ ट्रयाक गर्न सकिन्छ । एपले प्रकाश, गति र पावर सेटिङहरु सहित अनुकूलन विकल्पहरुको पहुँच प्रदान गर्दछ ।

     

    सेगवे नाइनबट एन१०० ईलेक्ट्रिक स्कुटरमा उत्कृष्ट विशेषताहरु छ जसले यात्रालाई सुविधाजनक र सुरक्षित बनाउँदछ । यो स्कुटरमा नाइनबट एयरलक, अटो सेन्सर, सिटको लागि इलेक्ट्रिक लक, ओभर द एयर, रिमोट अन र अफका साथै ब्ल्याक बक्स एसओएसका साथै क्रुज कन्ट्रोल र बीएमएस जस्ता सुविधा उपलब्ध छन् । यो स्कुटरको मूल्य २ लाख ६० हजार रुपैयाँ तोकिएको छ ।

     

    सेगवेले ग्राहकहरुको उपस्तिथतिमै भर्खरै बजारमा ल्याउँदै गरिएको एन१०० लगायत अन्य उत्पादनहरू अनुभव गर्नको लागि रमाइलो कार्निभल समेत आयोजना गर्दैछ । सो कार्यक्रम यही माघ २७ देखि फाल्गुन ५ गतेसम्म ललितपुरको झम्सिखेलमा हुनेछ ।


    अर्थ चाैतारी
  • शनिबार, २८ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट