logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • आन्दोलनरत यातायात मजदुर र व्यवसायीसँग आज सरकारको वार्ता

    आन्दोलनरत यातायात मजदुर र व्यवसायीसँग आज सरकारको वार्ता

    884
    SHARES
    आन्दोलनरत यातायात मजदुर र व्यवसायीसँग आज सरकारको वार्ता

    काठमाण्डौ । आन्दोलनरत यातायात मजदुर र व्यवसायीसँग सरकारले आज वार्ता गर्दै छ। उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजीश्रेष्ठले यातायात मजदुर र व्यवसायी प्रतिनिधिहरूलाई मंगलबार बिहान ८:३० बजे वार्ताका लागि मन्त्रालयमा बोलाएका छन्।



     

    सरकार मजदुर अधिकार र यातायात व्यवसायीको हितका पक्षमा रहेको तथा मजदुर र व्यवसायी संगठनहरूले दिएको सुझाव समेतको आधारमा यातायात क्षेत्रको समस्या समाधान गर्न मन्त्रालयले कार्यदल नै बनाइसकेको मन्त्री श्रेष्ठले बताए। यातायात व्यवस्था विभागका महानिर्देशक तुल्सि गौतमको संयोजकत्वमा यातायात व्यावसायी र यातायात मजदुर सम्मिलित कार्यदल आइतबार नै गठन भएको र कार्यदलले आफ्नो काम अगाडि बढाइसकेकोसमेत उनले जानकारी दिए।

     

    कानुनविपरीत बढाइएको भनिएको जरिवाना शुल्क घटाउन मागसहित आन्दोलित यातायात मजदुरहरुले आन्दोलन गरेका हुन्। आन्दोलका कारण सोमबार दिनभर काठमाडौंको बालाजु क्षेत्र तनावग्रस्त भएको थियो।आन्दोलनकारीले नेपाल प्रहरीको बालाजु बृत्तले प्रयोग गर्दै आएको भ्यानमा आगजनी गरेका थिए भने नयाँ बसपार्क क्षेत्रमा सडकमा नै सवारीसाधन तेर्स्याएर सडक अवरुद्ध गरेका थिए।


    अर्थ चाैतारी
  • मंगलबार, २ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट