logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • ग्यास विष्फोटमा घाइते भएका सांसद भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै

    ग्यास विष्फोटमा घाइते भएका सांसद भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै

    858
    SHARES
    ग्यास विष्फोटमा घाइते भएका सांसद भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै

    काठमाण्डौ । बुधबार बेलुका काठमाडौंको बुद्धनगरस्थित निवासमा ग्यास सिलिण्डर विष्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारको लागि भारत लाने तयारी भएको छ ।



    खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेस सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्

    बुधवार राति भएको विस्फोटमा परेर जलेका आमाछोराको उपचार अहिले कीर्तिपुर बर्न अस्पतालमा भइरहेको छ । आमाको ७० प्रतिशत शरीर जलेकाले अवस्था गम्भीर रहेको छ ।

    २५ प्रतिशत शरीर जलेका चन्द्रको आइसियुमा उपचार भइरहेको छ । तर चन्द्रको फोक्सोमा नै असर गरेकाले तत्काल भारत लैजाने तयारी भएको छ । चन्द्रको टाउको र दाइने साइडमा बढी असर गरेको छ ।

    परिवारका सदस्यका अनुसार बुधवार राति भान्साकोठामा ग्यास लिक भएको थाहा पाएपछि ८९ वर्षीय आमा हरिकला भण्डारी पुगेको समयमा विस्फोट भएको र उनलाई बचाउन चन्द्र पुगेका थिए ।


    अर्थ चाैतारी
  • विहिबार, ४ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट