काठमाण्डौ । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर ८४ हजार ९सय कित्ता सेयर बिक्रीमा ल्याएको जनाएको छ ।
कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको ८४ हजार ९सय कित्ता सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम सञ्चालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त सेयर खरिद गर्ने चाहने इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिदेखि ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा आवेदन दिन सक्नेछन ।
अर्थ चाैतारी ।