काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले २१ औं वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सञ्चालक समितीको फागुन ८ गते बसेको बैठकले फागुन ३० गते होटल सेभेन स्टार सौराह चितवनमा बिहान ११ बजे बोलाएको हो ।
लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ११.५२६३२ प्रतिशत नगद लाभांश गरी कूल २१.५२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।
यस्तै, हाल कायम रहेको जारी पुँजी र चुक्ता पुँजी १ अर्ब ३८ करोड ७४ लाख ९८ हजार रुपैयाँ रहेकोमा बोनस सेयर वितरणपश्चात् १ अर्ब ५२ करोड ६२ लाख ४८ हजार रुपैयाँ पुर्याउन प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने भएकाले मर्जर तथा प्राप्ति सम्बन्धी सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । आदर्श लघुवित्त र डिप्रोक्स लघुवित्त १ः१ स्वाप रेसियो अनुपातमा मर्ज हुनेछन् । मर्जरपश्चात् डिप्रोक्स लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ ।
लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन १९ बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा हभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
अर्थ चाैतारी ।