logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • यी तीन प्रदेशमा हिमपातको सम्भावना, प्रदेश एकमा वर्षा

    यी तीन प्रदेशमा हिमपातको सम्भावना, प्रदेश एकमा वर्षा

    962
    SHARES
    यी तीन प्रदेशमा हिमपातको सम्भावना, प्रदेश एकमा वर्षा

    काठमाण्डौ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश एक र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।



    आज दिउँसो प्रदेश एकको पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश एक, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

     

    राति प्रदेश एक र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश एक र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १२ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट