logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • ललितपुर महानगरद्वारा १० वटा सहकारी संस्थाको इजाजतपत्र खारेज

    ललितपुर महानगरद्वारा १० वटा सहकारी संस्थाको इजाजतपत्र खारेज

    780
    SHARES
    ललितपुर महानगरद्वारा १० वटा सहकारी संस्थाको इजाजतपत्र खारेज

    काठमाण्डौ । ललितपुर महानगरपालिकाले १० वटा सहकारी संस्थाको इजाजतपत्र (प्रमाणपत्र) खारेज गरेको छ । महानगरपालिकाले ५ वर्षभन्दा बढी समयदेखि लेखा परीक्षण तथा साधारणसभा नगर्ने र संस्थाको कुनैपनि वित्तीय विवरण नबुझाउने १० वटा सहकारी संस्थाको इजाजत खारेज गरेको हो ।



     

    पटक-पटक सूचना जारी गर्दा समेत सम्पर्कमा नआउने महिला सीप विकास बहुउद्देश्यीय सहकारी संस्था लि. बडिखेल, पर्यटन सहकारी संस्था लि., प्रयास बहुउद्देश्यीय सहकारी संस्था लि, एभरग्रीन बचत तथा ऋण सहकारी संस्था लि, कुसुन्ती बहुउद्देश्यीय सहकारी संस्था लिलाई महानगरपालिकाले कारबाही गरेको हो ।

     

    यसैगरी महानगरपालिकाभित्रकै पार्पीदेवी महिला विकास बचत तथा ऋण सहकारी संस्था लि, राजवृक्ष जडिबुटी सहकारी संस्था लि., एभरेष्ट कृषि सहकारी संस्था लि., रातो सूर्य सूचना तथा सञ्चार लि. र भृगेश्वर उपभोक्ता सहकारी संस्था लि. समेत कारबाहीमा परेका छन् । पछिल्लो समय तरलता अभावका कारण सहकारीमा समस्या आइरहेको बताइए पनि महानगरको कारबाहीमा पर्ने सहकारी संस्थाहरुमध्ये एउटा मात्र बचत तथा ऋणको कारोबार गर्ने विषयगत संस्था रहेको छ ।

     

    प्रारम्भिक चरणमा सम्पर्कमा नआउने १२ वटा संस्थाको नाम सार्वजनिक गरेकोमा पछिल्लो दुईवटा संस्था सम्पर्कमा आएकाले बाँकी १० वटा संस्थाको दर्ता नै खारेज गरिएको महानगरपालिकाले जनाएको छ । यी संस्थाहरुले बचतकर्ताहरुको बचत रकम फिर्ता गर्नुपर्ने भए तत्काल फिर्ता गर्न समेत महानगरपालिकाले आग्रह गरेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १४ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट