काठमाण्डौ । नेपाली पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको उच्चतम कदर गर्दै यस क्षेत्रलाई थप उपभोक्तामुखी र जन उत्तरदायी बनाउने अभिप्रायका साथमा सस्तो टिकेट्स् बेस्ट एयरलाइन्स अवार्डस् २०२२ भव्यताका साथ सम्पन्न भएको छ । नेपाली पर्यटन क्षेत्रलाई एकै पटक विश्वभरका सञ्चारमाध्यमको चासोमा ल्याउने प्राथमिक उद्देश्यका साथ ग्लोबल एक्रिडिएसन काउन्सिलले १३ मार्च २०२३ मा आयोजना गरिएको विशेष समारोहमा विभिन्न १६ विधामा सस्तो टिकेट्स् बेस्ट एयरलाइन्स अवार्ड्स् नेपाल २०२२ घोषणा गरिएको हो ।
जनसाधारणले अनलाइनमार्फत गरेको भोट, नोमिनेसन बोर्डले गरेको डेटा प्रशोधन तथा निर्णायक मण्डलको निर्णयको संयोजनबाट आएको तथ्याङ्कबाट प्राप्त नतिजाका आधारमा बिजेता छनोट गरिएको थियो । सस्तो टिकेट्स् बेस्ट एयरलाइन्स अवार्ड्स् नेपाल २०२२ मा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छा, होटेल द्वारिकाजका अध्यक्ष तथा नेपालका लागि स्पेनका अनररी कन्सुलर अम्बिका श्रेष्ठ, होटेल एसोसिएसन नेपालका अध्यक्ष श्रृजना राणा, स्कल क्लब अफ काठमाण्डौका अध्यक्ष प्रवीणबहादुर पाण्डे, नाटाका पूर्व अध्यक्ष सीएन पाण्डे, पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुर, एभिएसन म्युजियमका प्रमुख कार्यकारी अधिकृत वेद उप्रेती, कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँर, लिड नेपाल इन्कका अध्यक्ष अनिलकेशरी शाह, सीजी होल्डिङ्स्का अध्यक्ष अरुण चौधरी तथा नेपाल गैर आवासीय संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले निर्णायक मण्डलको भूमिका निर्वाह गरेका छन् ।
सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्ड्स् नेपाल २०२२ मा हाल काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २९ वायुसेवा प्रदायक तथा आन्तरिक तर्फका वायुसेवाले प्रतिस्पर्धा गरेका थिए । यस अवार्डको निष्पक्षता र गरिमालाई दरिलो बनाउन आयोजकले नेपालमा सेवा प्रदायकको रुपमा सक्रिय वायुसेवा तथा वायुसेवा व्यवसायमा आबद्ध संघ संस्थाहरुसँग कुनै पनि किसिमको आर्थिक सहयोग, नोमिनेसन शुल्क वास्पोनसरसिप लिएको छैन भने स्वतन्त्र लब्ध प्रतिष्ठित व्यक्तिहरु सम्मिलित निर्णायक मण्डललाई निर्णयको सर्वाधिकार सुम्पिएको दाबी गरेको छ ।
सस्तो टिकेट्स् बेस्ट एयरलाइन्स अवार्ड्स्बाट निम्नअनुसार विजेता घोषणा गरिएका छन्
बेस्ट एयरलाइन्स अफ द एयर – इन्टरनेसनल, कतार एयरवेज
बेस्ट एयरलाइन्स अफ द एयर – डोमेस्टिक, बुद्ध एयर
बेस्ट एयरलाइन्स अफ द एयर – हाइब्रिड तथा एलसीसी, हिमालय एअरलाइन्स
बेस्ट एयरलाइन्स अफ द एयर – अफलाइन अपरेसन, एमिरेट्स् एयरवेज
बेस्ट नेसनल एयरलाइन्स– नेपाल एयरलाइन्स
बेस्ट सर्भिस प्रोभाइडर फर एभिएसन, नेपाल एयरलाइन्स ग्राउन्ड ह्याण्डलिङ्
बेस्ट बिजनेस क्लास, कतार एअरवेज
बेस्ट इकोनोमी क्लास, फ्लाई दुबई
बेस्ट क्याबिन क्रु, एअर अरबिया
बेस्ट ट्रान्जिट एयरपोर्ट लाउन्ज, टर्किस एअरलाइन्स
बेस्ट एयरलाइन्स रिवार्डस् प्रोग्राम, कतार एअरवेज
बेस्ट एयरलाइन्स – एअर फेयर पोलिसी, कतार एअरवेज
बेस्ट एयरलाइन्स – फ्रन्ट डेस्क सपोर्ट, जजिरा एअरवेज
सीइओ अफ द इर – नेपाली एयरलाइन्स, वीरेन्द्रबहादुर बस्नेत (बुद्ध एयर)
बेस्ट एयरलाइन्स म्यानेजर अफ द एयर– इन्टरनेशनल एयरलाइन्स, सारिक बोगटी (कतार एयरवेज)
बेस्ट जनरल सेल्स एजेन्ट (जीएसए) फर फरेन एयरलाइन्स, सोसाइटी इन्टरनेसनल
सस्तो टिकेट्स् बेस्ट एयरलाइन्स अवार्ड्स् नेपाल २०२२ को हस्पिटालिटी पार्टनर ह्यात घोषित भएका छन् ।
अर्थ चाैतारी ।