logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • राष्ट्रपतिसमक्ष अर्थतन्त्र सुधारका लागि परिसंघद्वारा सुझाव पेस

    राष्ट्रपतिसमक्ष अर्थतन्त्र सुधारका लागि परिसंघद्वारा सुझाव पेस

    1.7K
    SHARES
    राष्ट्रपतिसमक्ष अर्थतन्त्र सुधारका लागि परिसंघद्वारा सुझाव पेस

    काठमाण्डौ । नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाल उद्योग परिसंघले बधाइ ज्ञापन गरेको छ। अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ प्रतिनिधिमण्डलले आज राष्ट्रपति निवास शीतल निवासमा बधाइ ज्ञापन गरेको हो।



    उक्त अवसरमा परिसंघका अध्यक्ष अग्रवालले निजी क्षेत्रका तर्फबाट राष्ट्रपति पौडेललाई बधाइ एवं शुभकामना दिँदै मुलुकको चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रका विषयमा निजी क्षेत्रका तर्फबाट सुझाव दिए।

     

    अध्यक्ष अग्रवालले समष्टिगत अर्थतन्त्रको मागमा उच्च कमी आउँदा अर्थतन्त्र विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै अर्थतन्त्र सुधारका लागि मागमा वृद्धि ल्याउनुपर्ने र ब्याजदर घट्नुपर्ने बताए। उनले परिसंघले अगाडि सारेको वर्तमान अर्थतन्त्रको अवस्था र सुधारका लागि चालिनुपर्ने उपायसहितको ‘रिबुटिङ नेप्लिज इकोनिमी’ अवधारणा राष्ट्रपतिसमक्ष पेस गरे।

     

    राष्ट्रपति पौडेलले परिसंघको सुझाव सरकारलाई दिने र ध्यानाकर्षण गराउने बताए। राष्ट्रपति पौडेललाई परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोर, पुर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, परिसंघ गभर्निङ काउन्सिल सदस्यहरु शिवरतन शारडा, बालकृष्ण श्रेष्ठ, परिसंघका महानिर्देशक दीपकराज जोशीले बधाइ तथा शुभकामना दिएका थिए।


    अर्थ चाैतारी
  • शनिबार, ४ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट