logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • मिदास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालको ‘मोबाइल एप’ सञ्चालन

    मिदास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालको ‘मोबाइल एप’ सञ्चालन

    481
    SHARES
    मिदास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालको ‘मोबाइल एप’ सञ्चालन

    काठमाण्डौ । आइएमई समूहअन्तर्गतको मिदास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालले आफ्नो मोबाइल एप सञ्चालनमा ल्याएको छ।



    यो एपमार्फत बिरामीहरुले सजिलै र सुविधाजनक ढंगले धुलिखेल अस्पतालमा ‘अनलाइन अपोइन्टमेन्ट’ बुकिङ गर्न र त्यहाँबाट प्रयोगशाला रिपोर्टहरु प्राप्त गर्न सक्छन्। यसले बिरामीहरुलाई अस्पतालसम्म आइपुग्न र लामो लाइनमा उभिने झन्झट हटाउँदै धेरै समय बचत गराउनेछ।

    सँगसँगै यो एपमार्फत नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डद्वारा प्रदान हुने स्वास्थ्य बीमाको सुविधा प्राप्त गर्न, निःशुल्क रुपमा अस्पताल टिकट बुक गर्ने र आफ्नो बीमा जानकारी प्राप्त गर्नसमेत सकिनेछ। मिदास टेक्नोलोजी द्वारा विकसित मोबाइल एप सञ्चालनमा ल्याउँदा सन् १९९६ देखि बिरामीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको धुलिखेल अस्पतालले बिरामीहरुलाई दिने सेवाहरुमा थप सुधार हुनेछ।

    मिदास टेक्नोलोजिज आइएमई समूहअन्तर्गतको कम्पनी हो। मिदासले विकास गरेको सूचना प्रविधिमा आधारित स्वास्थ्य सेवा सूचना प्रणाली १७० भन्दा बढी अस्पतालले प्रयोगमा ल्याएका छन्। सूचना प्रविधिको उपयोग बढाएर स्वास्थ्य सेवाको आधुनिकीकरण तथा सुधार गर्न ‘मिदास टेक्नोलोजिज’ अस्पतालहरुका लागि भरपर्दो साझेदार बनेको छ।


    अर्थ चाैतारी
  • बुधबार, ८ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट