logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • नेपाल फाइभ–पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

    नेपाल फाइभ–पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

    611
    SHARES
    नेपाल फाइभ–पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

    काठमाण्डौ । नेपाल फाइभ–पी प्रदर्शनी आजदेखि सुरु भएको छ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस प्रालिको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु भएको तेस्रो नेपाल फाइभ–पी अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गरेका हुन्।



    काठमाण्डौको भृकुटी मण्डपमा सुरु भएको प्रदर्शनीमा नेपालभरका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सरोकार राख्ने उद्योगी व्यवसायीलगायत सहभागी छन्। नेपालभरका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसंग सरोकार राख्ने व्यापारी व्यवसायी तथा सरोकारवाललाई एकै ठाउँमा ल्याएर व्यापार साझेदारी गर्दै नवीनतम प्रविधि प्रदर्शनका लागि प्रदर्शनी उपयोगी हुने आयोजकको अपेक्षा छ।

     

    प्लास्टिक प्रोसेससङ मिसनरीका उत्पादनहरु, स्क्रिन प्रिन्टिङ, इन्डक्सन मोलिङ मसिन, प्रिन्टिङ मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेसनरी मसिनरी, प्रिन्टिङ स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी प्रदर्शनीमा राखिएको छ।

     

    त्यस्तै प्रदर्शनीमा सबै खाले कागज र स्पेर पार्टस्, प्याकेजिङ मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादकलगायतका संस्थाले उत्पादन गरेका सामग्रीसमेत अवलोकन तथा आवश्यकताअनुसार खरिद तथा प्रयोग सम्बन्धी ज्ञान लिन सकिने आयोजकले जनाएको छ। प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टल राखिएको छ। प्रदर्शनी अवलोकन गर्न चाहनेले निःशुल्क प्रवेश पाउने आयोजकले जनाएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १० चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट