logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • अनलाइनको संख्या मात्रै बढ्योः अध्यक्ष बस्नेत

    अनलाइनको संख्या मात्रै बढ्योः अध्यक्ष बस्नेत

    1.8K
    SHARES
    अनलाइनको संख्या मात्रै बढ्योः अध्यक्ष बस्नेत

    काठमाण्डौ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन सञ्चारमाध्यमको संख्या मात्र बढेको तर विश्वसनीयता घट्दै गएकोमा चिन्ता व्यक्त गरेका छन ।



    उनले पत्रकारिता बाहेकका पृष्ठभूमि र अध्ययनबाट अनलाइन दर्ताको बाढी देखिएकाले गुणस्तरीयता र विश्वसनीयतामा सबैको ध्यान पुग्नुपर्नेमा जोड दिए । उनले प्रेस काउन्सिलबाट एक वर्षदेखि विभिन्न पृष्ठभूमिबाट आएका अनलाइन सञ्चालक र सम्पादकलाई नियमित अभिमुखिकरण कक्षा हुँदै आएको र यसलाई निरन्तरता दिने जानकारी दिए ।

    शुक्रबारको अभिमुखीकरण कार्यक्रममा बोल्दै बस्नेतले मिडिया जगतका अहिलेका समस्या समाधान गरेर पत्रकारिता क्षेत्रलाई मर्यादित र विश्वसनीय बनाउन सम्बद्ध सबै निकायको प्राथमिकतामा पर्नुपर्ने बताए ।

    अभिमुखीकरणमा विज्ञकारुपमा सहभागी वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा. सुरेश आचार्यले पत्रकारितामा विश्वसनीयता जोगाउनु अहिलेको चुनौती रहेको उल्लेख गरे । उनले पत्रकार आचारसंहिताको पूर्णतः पालनाबाट मात्रै विश्वसनीयता कायम राखिराख्न सकिने बताए ।

    अनलाइनका अहिलेका प्रस्तुति हेर्दा पत्रकारितामा किन लाइसेन्सको व्यवस्था हुनु जरुरी छ भन्ने देखाएको छ, आचार्यले भने, काउन्सिलले कम्तीमा यस्ता अभिमुखिकरण कक्षा सुरु गरेर स्वागयोग्य काम गरेको छ ।

    शुक्रबारको कक्षामा ३४ नयाँ अनलाइनका सञ्चालक र सम्पादक सहभागी थिए । काउन्सिलले एक वर्ष अघिबाट अनलाइन सूचीकरणपूर्व अनिवार्य आचारसंहिता अभिमुखीकरण कक्षा लिनुपर्ने व्यवस्था गरेको थियो ।

    एक वर्षमा ६ सय ७१ अनलाइनका सञ्चालक र सम्पादकले अभिमुखीकरण कक्षा लिएका छन् । शुक्रबारको २२ औँ श्रृङ्खलामा वरिष्ठ पत्रकार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा.सुरेश आचार्य र काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले विषयगत विज्ञकारूपमा कक्षा लिनुभएको थियो । डा.आचार्यले पत्रकार आचारसंहिताका विषयमा प्रशिक्षण दिए भने प्रवक्ता खनालले काउन्सिलले जारी गरेका आचारसंहिताअन्तर्गतका विभिन्न सञ्चार निर्देशिकाहरुको महत्व र प्रभावकारिताबारे प्रशिक्षण दिएका हुन । कार्यक्रमको सहजीकरण काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले गरेका थिए ।


    अर्थ चाैतारी
  • शुक्रबार, १० चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट