logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • ट्याक्सीमाण्डू र राकुटेन भाइबरबीच साझेदारी

    ट्याक्सीमाण्डू र राकुटेन भाइबरबीच साझेदारी

    754
    SHARES
    ट्याक्सीमाण्डू र राकुटेन भाइबरबीच साझेदारी

    काठमाण्डौ । ट्याक्सीमाण्डूले राकुटेन भाइबरसँग साझेदारी गरेको छ। ट्याक्सीमाण्डूले ट्याक्सीमाण्डू मार्फत बुकिङ राइडहरू सजिलो बनाउने लक्ष्यसहित नयाँ योजना ल्याएको हो। यसका लागि भाइबरमा रहेको ट्याक्सीमाण्डू अनलाईन ट्याक्सी च्याटबटमार्फत प्रयोगकर्ताहरूले एपभित्र सिधै ट्याक्सी बुक गर्न सक्नेछन्।



    ट्याक्सीमाण्डूका प्रमुख कार्यकारी अधिकृत (सीईओ ) अर्जुन केसीले भने, “हामी यो नयाँ च्याटबट सुरु गर्ने सिलसिलामा रकुटेन भाइबरसँग फेरि जोडिन पाउँदा उत्साहित छौँ। यसले हाम्रा प्रयोगकर्ताहरूका लागि ट्याक्सी बुकिङ अझ सहज बनाउनेछ।”

    ट्याक्सीमाण्डू अनलाइन ट्याक्सी बट मार्फत प्रयोगकर्ताहरूले अब एक एपबाट अर्को एपमा स्विच नगरिकन धेरै सुविधाहरूको मज्जा लिन सक्नेछन्। उनीहरुले छोटो र लामो रुटहरूको लागि सवारी बुकिङ गर्न, अर्डर गरिएको ट्याक्सीको वास्तविक समय र स्थिति जाँच गर्न र लामो रुटहरूको लागि अग्रिम सवारीको समयतालिका पनि प्राप्त गर्न सक्नेछन्।

    साथै अप्रिलदेखि सेप्टेम्बर २०२३ सम्म ट्याक्सीमाण्डू अनलाइन ट्याक्सी बटबाट सवारी बुक गर्ने सबै बट प्रयोगकर्ताहरूका लागि ६०% सम्म छुटको प्रोमो कोडहरू पनि उपलब्ध हुनेछन्। प्रयोगकर्ताहरूले आफ्ना सम्पर्कका साथीसंगी र नातागोताहरूलाई च्याटबटमा पठाउँदा २०% छुट पनि पाउनेछन्।

    यस नयाँ कार्यको सुरुवातले चालक र यात्रुहरू दुवैलाई प्रोत्साहन मिल्नेछ। ट्याक्सीमाण्डूका चालकहरूले बटमार्फत गरिएका सवारी अनुरोधहरूका लागि कमिसन बाँड्नु पर्ने छैन, जबकि लामो रुटहरूमा नि:शुल्क सवारीको विशेष प्रस्तावहरूले ग्राहकहरूलाई पनि यस नयाँ सुविधा प्रयोग गरिरहन प्रोत्साहित गर्ने कम्पनीले जनाएको छ।


    अर्थ चाैतारी
  • आइतबार, १२ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट