logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • इसेवा मनि ट्रान्स्फरकाे ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई दिइने घर सार्वजनिक

    इसेवा मनि ट्रान्स्फरकाे ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई दिइने घर सार्वजनिक

    676
    SHARES
    इसेवा मनि ट्रान्स्फरकाे ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई दिइने घर सार्वजनिक

    काठमाण्डाै । विश्वका दुईसय भन्दा धेरै मुलुकबाट रेमिटेन्स भित्राउँदै आएको इसेवा मनि ट्रान्स्फरले हाल सञ्चालन गरिरहेको ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई हौसला प्रदान गर्न हालैमात्रै घर सार्वजनिक गरेको छ । इसेवा मनि ट्रान्स्फरका ब्राण्ड एम्वेषेडर तथा ब्राण्ड हिरो एवं अभिनेता दयाहाङ राई नवनिर्मित घरमै पुगेका छन् । इसेवाको यस अभियानमा इसेवा मनि ट्रान्स्फर मार्फत रेमिटेन्स पठाउने एक जना सेवाग्राहीले काठमाडौंमा घर जित्न सकिनेछ ।



     

    कम्पनीले हालै मात्र यस अभियानमा विजेता बन्ने सेवाग्राहीलाई प्रदान गर्ने घर सार्वजिनक गरेको थियो । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर कम्पनीले बम्पर उपहार स्वरुप प्रदान गर्नेछ । साथै सेवाग्राहीहरुको उत्साह एवं सहभागितालाई मध्यनजर गर्दै कम्पनीले यो योजना २ महिनाको लागि थप गरी २०८० साल जेठ ६ गतेसम्म सञ्चालन गर्ने निर्णय पनि गरेको छ। सेवाग्राहीहरू यस अबधिमा इसेवा मनि ट्रान्स्फरमार्फत रकम पठाउँदा बम्परमा योजनामा स्वतः सहभागी हुनेछन् । उपहारको छनौट प्रक्रिया २०८० साल जेठ १२ गते गरिने कम्पनीको भनाई छ ।

     

    इसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख १२ हजार भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड ६० लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।


    अर्थ चाैतारी
  • सोमबार, १३ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट