logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • शाओमीले सार्वजनिक गर्यो ‘शाओमी १३ लाइट’, मूल्य कति ?

    शाओमीले सार्वजनिक गर्यो ‘शाओमी १३ लाइट’, मूल्य कति ?

    741
    SHARES
    शाओमीले सार्वजनिक गर्यो ‘शाओमी १३ लाइट’, मूल्य कति ?

    काठमाण्डौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीलेआज शाओमी १३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ। उत्कृष्ट तस्बिरहरुका लागि डुअल फ्रन्ट क्यामेरासहितको फ्ल्यागसिप क्यामेरा प्रणाली प्रदान गर्ने यो फ्ल्यागसिप स्मार्टफोन, स्लिम डिजाइन तथा इमर्सिभ डिस्प्लेले सुसज्जित छ।



     

    लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडा भन्छन्, ‘शाओमीकोलक्ष्य भनेको नयाँ स्मार्टफोन उचित मूल्यमा नवीनतम प्रविधिहरु थप पहुँचयोग्य बनाउनु हो। हाम्रो यही मूल दर्शनलाई ध्यानमा राख्दै शाओमी १३ लाइट, उत्पादनको स्वामित्व खोज्ने जो कोहीका लागि उत्कृष्ट प्रदर्शन र अविश्वसनीय डिजाइनको साथ सार्वजनिक गरेका छौँ।’

    फ्ल्यागसिप इमेजिङ प्रणाली र स्मार्ट डुअल फ्रन्ट क्यामेराको साथ मास्टरपिस पोट्रेटहरु
    यस शाओमी १३ लाइटमा छण्ःए ट्रिपल क्यामेरा सेटअप रहेको छ जसमा मुख्य क्यामेरा रहेको IMX766 सेन्सर जडान गरिएको छ। इमेजिङ इन्जिनद्वारा सञ्चालित शाओमी १३ लाइटको बलियो कम्प्युटेशनल फोटोग्राफी क्षमताहरुको साथ आई ट्र्याकिङ फोकस र मोशन क्याप्चरको साथ चलिरहेको विषयहरुमा स्वचालित रुपमा फोकस गर्न सक्षम छ। जसले प्रयोगकर्ताहरुलाई सोचे जस्तै फोटो खिच्न र यादगार पलहरु सहज रुपमा रेकर्ड गर्न मद्दत गर्दछ।

    फ्ल्यागसिप लेभल रियर क्यामेरा सेटअपको साथ शाओमी १३ लाइट डुअल फ्रन्ट क्यामेरा सेटको साथ सुसज्जित छ। ३२ एमपी फ्रन्ट क्यामेराले क्रिस्टल–क्लियर सेल्फीहरु प्रदान गर्दछ भने यसको ८ एमपी फ्रन्ट क्यामेराले सेल्फ–पोट्रेटहरुमा प्राकृतिक रुपहरुका लागि थप डिटेल प्रदान गर्न देप्थ सेन्सरको रुपमा काम गर्दछ। शाओमी १३ लाइटले डायनामिक फ्रेमिङ पनि प्रदान गर्दछ, जसले फ्रेममा भएका व्यक्तिहरुको संख्यालाई पत्ता लगाई, दृश्यको क्षेत्रलाई स्वतः समायोजन गर्दछ र उपयुक्त रुपमा जुम इन वा जुम आउट गर्दछ।

    सेल्फी जुम, पकेट मिरर, र शाओमी सेल्फी ग्लो जस्ता उपयोगी र रमाइलो सुविधाहरु समावेश गरिएको शाओमी १३ लाइटले सबै उच्च गुणस्तरको सेल्फीहरु र भिडियो कलहरु सजिलै लिन सक्षम बनाउँछ। यसमा भएको २ह सेल्फी जुमले क्लोजअप फोटोकोईनदेप्थ विवरणहरु खिच्न सक्षम बनाउँछ।

    अविश्वसनीय रुपमा हल्का र स्लिम डिजाइन
    स्मार्टफोन उद्योगमै सबैभन्दा पातलो र हल्का स्मार्टफोन डिजाइन जारी राख्दै शाओमी १३ लाइट डिजाइन गरिएको छ। यसको ६.५५ इन्च कर्भ डिस्प्लेलेशाओमी १३ प्रोजस्तै प्रिमियम र इमर्सिभ भिजुअल अनुभव प्रदान गर्दछ। घम् कर्भ बडी डिजाइनले सहज ह्यान्ड ग्रिप पनि प्रदान गर्दछ।

    फ्ल्यागसिप चिपसेट र टर्बो चार्जिङ प्रविधिद्वारा समर्थित
    शाओमी १३ लाइटमा Snapdragon® 7 Gen 1 मोबाइल प्लेटफर्म, २०% सुधारिएको जीपीयू कार्यसम्पादन र एआई कार्यसम्पादनमा ३०% वृद्धि भएको सबैभन्दा बलियो प्रोसेसरसँग सुसज्जित छ। शाओमी १३ लाइट सुधारिएको कुलिङ क्यापासिटी र डुअल फ्रन्ट क्यामेराहरुको साथ उपलब्द छ। यो स्मार्टफोन समान रुपमा शक्तिशाली ४५०० एमएएच ब्याट्री र ६७डब्ल्यू वायर्ड टर्बो चार्जिङले प्रयोगकर्ताहरुलाई लामो समयसम्म प्रयोग गर्न मद्दत गर्छ।

    जीवन्त तथा आई–केयरिंग डिस्प्ले
    अविश्वसनीय डिस्प्ले टेक्नोलोजी रहेका शाओमी १३ लाइट 6.55æ AMOLED डिस्प्ले, Dolby Vision® /
    Dolby Atmos® र म्यदिथ ब्तmयक® सुविधाहरुको साथ आउँछ, जसले प्रयोगकर्ताहरुलाई उच्च–इमर्सिभ भिजुअल र अडियो अनुभव प्रदान गर्दछ। १२०एचजेडसम्मको स्क्रिन रिफ्रेस रेट र २४०एचजेडको टच सम्प्लिंग रेटको साथ, यसको डिस्प्लेले सामग्री उपभोग र गेमिङका लागि फ्ल्यागसिप–स्तरको सहजता प्रदान गर्दछ। यसको साथै, शाओमी १३ लाइटले ६८ बिलियन रङहरु प्रदर्शन गर्न जसले सोशल मिडियामा तपाइँको मनपर्ने पोट्रेटहरु ब्राउज गर्दा सही रङहरु प्रदान गर्न सक्षम बनाउँछ। प्रयोगकर्ताहरुको आँखाको सुरक्षाको लागि सनलाइट मोड र रिडिङ मोडको साथ सुनिश्चित गरिएको छ जसले आरामदायी दृश्य अनुभव प्रदान गर्दछ।

    बजार उपलब्धता
    लाइट ब्लू र लाइट पिंक गरि योशाओमी १३ लाइट दुई रंगमा हुनेछ भने ८+१२८जीबी र ८+२५६जीबी गरी दुई भेरियन्टमा उपलब्ध छ।८+१२८जीबी र ८+२५६जीबी भेरियन्टको मूल्य क्रमशः ५४,९९९ र ५७,९९९ रुपैयाँ हुनेछ।

    शाओमी १३ लाइट २०७९ चैत्र १३ गते बाट नेपालभर आधिकारिक स्टोरहरुमा उपलब्ध हुनेछ।


    अर्थ चाैतारी
  • सोमबार, १३ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट