logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • बिपिडब्लु लघुवित्त र मेगा क्यापिटलबीच सेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्झौता

    बिपिडब्लु लघुवित्त र मेगा क्यापिटलबीच सेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्झौता

    676
    SHARES
    बिपिडब्लु लघुवित्त र मेगा क्यापिटलबीच सेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्झौता

    काठमाण्डौ । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र मेगा क्यापिटल मार्केट्स लिमिटेडबीच सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ।



    एक कार्यक्रमका बीच बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिलिप कुमार पोखरेल र मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुलभ श्रेष्ठले सम्झौतापत्रमा
    हस्ताक्षर गरेका हुन्।

     

    उक्त कार्यक्रममा मेगा क्यापिटल मार्केट्स लिमिटेडका मार्केटिङ्ग डिपार्टमेन्ट हेड गिरिराज पोखरेल र मर्चेन्ट बैकिङ्ग इन्चार्ज मनिषा दाहालको समेत उपस्थिति रहेको थियो।

     

    सम्झौतासँगै अब धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरवालाहरुको लागत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्यहरु मेगा क्यापिटल मार्केट्स लिमिटेड, साकेत कम्प्लेक्स, त्रिपुरेश्वर, काठमाण्डौं मार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ।


    अर्थ चाैतारी
  • बुधबार, १५ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट