logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • बाराका तीनसय जना महिलालाई सजिलो प्याड वितरण

    बाराका तीनसय जना महिलालाई सजिलो प्याड वितरण

    1.2K
    SHARES
    बाराका तीनसय जना महिलालाई सजिलो प्याड वितरण

    काठमाण्डौ। आइसीटीसी राम रुक्मिनी प्राइभेट च्यारीटेवल ट्रस्ट हात्तिसार काठमाडौँको सहयोगमा एक्सपोज नेपाल ललितपुरले बाराको जितपुर सिमरा उपमहानगपालिका वडा नम्बर १८ मा नि ः शुल्क सेनेटरी प्याड वितरण गरेको छ । शनिबार वडा भित्रका ३ सय जना महिलालाई एक्सपोज नेपालले उत्पादन गर्दै आएको पुनः प्रयोग गर्न मिल्ने सजिलो प्याड वितरण गरेको हो ।



    शंकरचोक र बडहर्वा चोक गरी दुई स्थानमा भएका कार्यक्रममा प्रत्येक महिलालाई चार–चार वटाका दरले प्याड वितरण गरिएको हो । कार्यक्रममा उपमहानगरका उपमेयर भोला अधिकारीले सजिलो प्याड बनाउन उपमहानगरबाटै बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् ।

    उनले स्वच्छ महिनावारी र महिलाहरूलाई सिप वृद्धि गर्ने गरी एक्सपोज नेपालसँग सहकार्य गरेर कार्यक्रम गर्न सकिने उल्लेख गरे । उनले यस्ता कार्यक्रममा उपमहानगरभित्रका सबै महिलालाई समेट्न आफूले पहल गर्ने बताएका छन् । कार्यक्रममा वडा नम्बर १८ का वडाध्यक्ष चतुरबाबु वाग्लेले आगामी वर्ष स्वास्थ्य र महिलाका लागि विनियोजन हुने बजेट पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउने तालिम र प्याड वितरणमा छुट्याउने प्रतिबद्धता जनाए ।

    यस्तै एक्सपोज नेपालका अध्यक्ष ज्ञान महर्जनले नेपालका कुनैपनि पालिकाले माग गरेका खण्डमा तालिम सञ्चालन गर्न र प्याड वितरण गर्न आफू तयार रहेको बताए । कार्यक्रममा सहजकर्ता मंगला थापा पूर्व वडा अध्यक्ष अर्जुन दाहालले आफ्ना अनुभव राखेका छन् ।


    अर्थ चाैतारी
  • आइतबार, १९ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट